काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका कार किन्न चाहने ग्राहकलाई लक्षीत गर्दै सर्वाधिक सस्तो व्याजदर स्कीम ल्याएको छ । कम्पनीले ल्याएको सोच्नै नसकिने अफरमा ४.२५ प्रतिशत व्याजदरदेखि नै कर्जा उपलब्ध गराउने जनाएको छ ।
यसरी कर्जामा होन्डाका कार किन्ने ग्राहकले ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्ने छ । कम्पनीले ल्याएको अफरमा दिइने अटो कर्जाको अवधि ७ वर्षको हुनेछ ।
त्यसैगरि कम्पनीले ग्राहकलाई लोयलटी बोनस, एक वर्षको सडक दस्तुर, १ वर्षको बीमा शुल्क, १ लाख किलोमिटरसम्मको वारेन्टीको साथमा एउटा बाइसाकइकल निःशुल्क दिने जनाएको छ ।
होन्डाका उत्पादन नेपाली बजारमा ३५ लाखदेखि १ करोड ३३ लाख रुपैयाँसम्ममा बिक्री वितरण हुँदै आएका छन् ।
होन्डाले नेपालमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो मूल्यको कार अमेज हो भने सबैभन्दा महंगो मोडल होन्डा सिभारभी हो । होन्डा सिआरभीको मूल्य १ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
होन्डाले नेपाली बजारमा इन्ट्री लेवल सेडान अमेज, ह्याचव्याक कार ज्याज, प्रिमियम सेडान सिटी, एसयूभी बिआरभी, सवफोर मिटर क्रसओभर डब्ल्यूआरभी, होन्डा एचआरभी र सिआरभी मोडलको बिक्री वितरण गर्दै आएको छ ।

