काठमाडौं । रेनो डस्टर एसयूभीको फुल अप्सन ‘आरएक्सजेड अलह्वील ड्राइभ’ मोडल मासिक १९ हजार ९९९ रुपैयाँ किस्तामा किन्न सकिने अफर ल्याएको छ । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले डस्टरमा विशेष अफर ल्याएको हो ।
डिजेल इन्जिन सहितको अलह्वील ड्राइभ डस्टरको मूल्य ५९ लाख ९ हजार रुपैयाँ रहेको छ । अफरमा डस्टर किन्न चाहने ग्राहकले ५० डाउन पेमेन्ट अनिर्वाय गर्नु पर्ने हुन्छ । यसरी डाउन पेमेन्ट वापत २९ लाख ५४ हजार ५०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । बाँकी २९ लाख ५४ हजार ५०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । उक्त कर्जा वापतको रकम ७ वर्षे अवधिमा भुक्तानी गर्नु पर्ने हुन्छ ।
कम्पनीले उक्त कर्जा नविल बैंकबाट लिन सक्नेगरि मिलाएको जानकारी दिएको छ ।
‘हामीले नविल बैंकसँग कुरागरेर कर्जा चाहिने ग्राहकको लागि १०.३५ प्रतिशत व्याजदरमा कर्जा लिने व्यवस्था मिलाएका छौं, ग्राहक आफैले बैंक छनोट गरेरपनि किन्न सक्ने छन्’, एड्भान्स अटोमोमोवाइल स्रोतले भन्यो ।
नविल बैंकबाट कर्जा लिएर यो मोडल किन्दा मासिक किस्ता ४९ हजार ५८४ रुपैयाँ पर्न आउँछ । यस्तोमा कम्पनीले एक वर्षसम्म ग्राहकसँग १९ हजार ९९९ रुपैयाँ लिएर बाँकी २९ हजार ५८५ रुपैयाँ कम्पनीले तिरिदिने अफर गरेको छ ।
यसरी तिर्दा कम्पनीले एक वर्षमा ३ लाख ५५ हजार २० रुपैयाँ बैंकमा तिरिदिने छ । एक वर्षपछि भने गाडी लिने मानिसले नै मासिक ४९ हजार ५८४ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

