यस्तो छ यूएसडी फर्कसहितको MT 15, पहिलेभन्दा आरामदायी भएको दाबी

काठमाडौं । उत्पादक कम्पनी यामाहाले आफ्नो नेकेड मोटरसाइकल एमटी १५मा यूएसडी फर्क नदिएकाले एक ग्राहकले आफैँ मोडिफाई गरेर लगाएका हुन् ।

यामाहाको प्रिमिमय मोटरसाइकल सिरिज एमटी अन्र्तगत निर्माण भएको एमटी १५ गत बर्ष बजारमा आएको थियो । यसमा यूएसडी फर्क हुने अनुमान धेरैको रहेको थियो । तर, जापानीज मोटरसाइकल निर्माता कम्पनी यामाहाले मूल्य कटौतीका लागि उक्त फिचर घटाएको थियो ।

अभिनभ भट्ट नामका ग्राहकले एमटी १५ मा यूएसडी फर्कको सफल प्रयोग गरेका छन् । उनले केटीएम ड्यूक ३९० मा प्रयोग भएको युएसडी फर्क एमटी १५ मा प्रयोग गरेका हुन् ।

उनले आफैले घरमा नै उक्त सस्पेन्सन सेटअप गरेको बताएका छन् । यसका उनले १० हजार भारतीय रुपैयाँ खर्च गरेको समेत जनाए । उक्त यूएसडी फर्कको प्रयोग पश्चात मोटरसाइकल अझै कम्र्फट भएको उनको दावी छ । मोटरसाइकल उच्च गतिमा समेत स्टेवल हुनुका साथै कर्नरिङमा अझै कम्र्फट भएको उनले बताए । यसको प्रयोग पश्चात मोटरसाइकलको तौल भने १ केजीले वृद्धि भएको छ ।

यस्तो छ मोटरसाइकल

यामाहा एमटी-१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ । जुन एमटी ०९ बाट प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर-१५ भी-३ कै प्रयोग गरिएको छ ।

नयाँ एमटी-१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ ।

यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । एमटी १५ मा सिंगल च्यानल एबीएस रहेको छ ।

आर १५ भी ३ को समान इन्जिन यसमा राखिएको छ, जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ एमटी १५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ भने वजन (फुल ट्यांक पेट्रोलसहित) १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ ।

डार्क ब्ल्याक र ब्लू कलरमा रहेको याहामा एमटी १५ को नेपाली बजारमा मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top