काठमाडौं । हिरो मोटोकर्पले आफ्नो सर्वाधिक चर्चित २०० सीसी सेग्मेन्टको मोटरसाइकल एक्सपल्सलाई भारतीय प्रदुषण मापदण्ड बीएस ६ मा परिमार्जन गरेको छ । कम्पनीले यो मोटरसाइकलमा मेकानिकल परिमार्जनको अलावा केही कस्मेटिक परिवर्तन समेत गरेको हो ।
कम्पनीले पहिलो पटक एक्सपल्स थेममा मोटोक्रस हेल्मेट समेत सार्वजनिक गरेको छ । निकै स्टाइलिस डिजाइनमा ल्याएको हेल्मेटले एक्सपल्स २०० चढ्नेको मन लोभ्याउने कम्पनीको भनाइ रहेको छ ।
हिरोले एक्सपल्समा नयाँ सिट कभर दिएको छ । विभिन्न ४ अप्सनमा ल्याइएको सिट कभर मोडर्न, टुरर, एडभेञ्चर र ड्यूल टोनमा उपलब्ध रहने छ । नयाँ सिट कभरले राइडरलाई एक्स्ट्रा ग्रिप प्रदान गर्ने भएकाले यसले आरामदायी यात्राको लागि सहयोग पुग्ने कम्पनीको दाबी छ ।
यस्तो छ एक्सपल्स २००
एक्सपल्समा २०० सीसी क्षमताको लिक्वीड कुल सिङ्गल सिलिन्डर, टु भल्भ एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले १७.५ बीएच पावर र १६.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पीड गियरबक्स जडान गरिएको छ ।

नेपालको लागि हिरोको आधिकारिक विक्रेता जनरल मार्केटिङ (एनजीम)ले यसलाई बजारमा बिक्री वितरण गर्दै आएको छ । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ ।
राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।
यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।
बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।
दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
एनजीएम नेपालले यसलाई बजारमा ३ लाख ८५ हजार मूल्य निर्धारण गरेर बिक्री वितरण गर्दै आएको छ ।

