‘इनिसियल क्वालिटी’ले खराब देखाएका विश्व प्रसिद्ध ९ ब्रान्ड

काठमाडौं । उपभोक्ताले नयाँ गाडी खरिद गरेपछि कस्तो अनुभव गर्नछन् भन्ने विषयमा जे डी पावरले एउटा अध्ययन गरेको छ । उक्त संस्थाले गरेको अध्ययनमा गाडी खरिद गरेको ९० दिनमा उपभोक्ताले के अनुभव गर्छन वा उनीहरुले त्यो गाडीको उपयोग पछि के सिक्छन भन्ने विषयमा केही तथ्य बाहीर ल्याएको छ । एउटा सवारीको ‘इनिसियल क्वालिटी’ के समस्या छ भन्ने कुरामा उपभोक्ताहरुको अनुभवका आधारमा केही सावरीमा समस्या देखिएको छ ।

यो अध्ययनमा १ सय वटा गाडी समावेश थिए । उक्त गाडीहरुमा देखिएको इन्र्फमेसन सिस्टममा समस्या हो । अघिल्लो वर्षको तुलनामा ती गाडीहरुको इन्र्फमेसन सिस्टम कमजोर देखिएको हो । त्यस्तै सुरक्षा प्रणाली लगायतलाई समेत आधार मानिएको छ ।

अटोगाइड डट कमका अनुसार यहाँ २०१८ का सवार्धिक खराब इनिसियल क्वालिटी भएका कारहरु उल्लेख गरिएको छ ।

९.माज्दा

 

उक्त अध्ययनका अनुसार माज्दाका १ सय गाडीमा १ सय वटा नै समस्या भेटिएको छ । यो इनिसियल क्वालिटीमा धेरै समस्या भएको कारका रुपमा रहेको छ ।

८. होन्डा

त्यस्तै जापानी कार कम्पनी माज्दालाई पक्ष्याउने अर्को कार ब्रान्ड होन्डा रहेको छ । होन्डाका १ सय सवारीमा १ सय २ समस्या देखिएको छ ।

७. फक्सवागन

होन्डालाई जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनले पक्ष्याएको छ । फक्सवागनका हरेक १ सय सवारीमा १ सय ३ समस्या देखिएको छ ।

६. अडी

जर्मन सवारी उत्पादन कम्पनी फक्सवागनलाई अडीले पक्ष्याएको छ । अडीका १ सय गाडीमा १ सय ५ समस्या देखिने गरेको छ ।

५. क्रिसलर/मित्सुबिसी

क्रिसलरका सवारी इनिसियल क्वालिटीमा खरबको वर्गमा पर्नु अनौठो भने होइन । क्रिसलरका १ सय गाडीमा १ सय ११ समस्या देखिएका छन् । त्यस्तै जापानी सवारी उत्पादन मित्सुबिसीका गाडीमा पनि क्रिसलरको जस्तै १ सय गाडीमा १ सय ११ समस्या देखिएका छन् ।

४. सुवारु

अर्को जापानी सवारी उत्पादन कम्पनी सुवारुका गाडीमा पनि इनिसियल क्वालिटीमा धेरै समस्या देखिएको छ । सुवारुका १ सय गाडीमा १ सय १५ समस्या देखिएको छ ।

३. भोल्भो

यो सूचिमा भोल्भोका गाडी पहिलो पटक देखिएको हो । स्वीडिस प्रिमियम ब्रान्ड भोल्भोका १ सय गाडीमा १ सय २२ समस्या देखिएको जेडी पावरले गरेको अध्ययनमा उल्लेख छ ।

२. जगुअर

यो सूचिले जगुअरलाई केही तनाव उत्पन्न गराएको छ । जगुअरका १ सय गाडीमा १ सय ४८ समस्या देखापरेका छन् ।

१. ल्यान्ड रोभर

सबैभन्दा धेरै समस्या भएको सूचिको पहिलो नंबरमा ल्यान्ड रोभर देखिएको छ । बेलायती प्रिमियम एसयुभी ल्यान्ड रोभरका १ सय गाडीमा १ सय ६० समस्या देखिएको हो । स्रोतः जेडीपावर रिर्पोट


Back_to_top