यी तीन कारण टीभीएस ‘एनटर्क १२५’ ले सफलता चुम्यो

काठमाडाैं । नेपाली बजारमा एनटर्क स्कुटर लोकप्रिय रहेको छ । गत बर्ष एनटर्क १२५ रेस एडिसन सार्वजनिक भएसँगै नेपालमा ३ भेरियन्टमा यो स्कुटर उपलब्ध रहेको छ ।

टीभीएस एनटर्क ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन गरि तीन भेरियन्टमा बिक्री भइरहेको छ । एनटर्क नेपालमा टीभीएसकै सर्वाधिक सफल मोडल बन्न सफल भएको मोडल हो ।

बिभिन्न नयाँ फिचरका कारण यो सेग्मेन्ट लिडरको रुपमा स्थापित भएको छ । यसले होन्डा ग्राजिया १२५, अप्रिलिया एसआर १२५/१५० जस्ता स्कुटरलाई निकै पछाडि पारेको छ ।

एलइडी हेडल्याम्प

यसमा नयाँ एलइडी सेटअप दिइएको छ । नयाँ डिजाइनको एलइडी हेडल्याम्पले रातीको समयमा यात्रा गर्न राम्रो प्रकाश दिने छ ।

एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी ल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

पावर

एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केहि मात्र कम हो ।

स्मार्ट कनेक्ट

यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस, कल तथा एसएमएस अर्लट, टर्न वाइ टर्न जिपीएस, ट्रिप मिटर, लो फ्यूल वार्निङ जस्ता फिचर रहेको छ। सेग्मेन्टमा अन्य प्रतिस्पर्धी माेडलमा यस्ताे फिचर उपलब्ध छैन ।


Back_to_top