किया सोनेट ७ भेरियन्टकाे १७ अप्सनमा आउने, यस्तो छ भेरियन्ट अनुसारको विशेषता

काठमाडौं । कियाले आफ्नो बहु प्रतिक्षित मोडल सोनेटलाई विभिन्न ६ भेरियन्टमा ल्याउने भएको छ । आगामी महिनाबाट बिक्री सुरु हुने सोनेटलाई एचटीई, एचटीके, एचटीके प्लस, एचटीएक्स, एचटीएक्स प्लस र जिटीएक्स प्लस भेरियन्टमा ल्याउने भएको हो ।

तीन इन्जिन अप्सन र ५ गियरबक्स अप्सनसहित बजारमा आउन लागेको सोनेट विभिन्न १७ अप्सनमा ग्राहकले छनोट गर्न सक्ने छन् ।

कम्पनीले सोनमा दिएकोे १.२ लिटर इन्जिनमा तीन भेरियन्ट आउने छ । जसमा एचटीई, एचटीके र एचटीके प्लस भेरियन्ट मध्येमा कुनै एक किन्न ग्राहकले छनोट सुविधा पाउने छन् ।

त्यस्तै १.० टिजीडीआई आईएमटी गियरबक्स युक्त मोडलमा ४ भेरियन्ट उपलब्ध रहने छ । जसमा एचटीके प्लस, एचटीएक्स, एचटीएक्स प्लस र जिटीएक्स प्लस भेरियन्ट रहने छ ।

सोनेटको १.० टिजीडीआई डिसिटी गियरबक्स युक्त मोडल भने २ भेरियन्टमा मात्र उपलब्ध रहने छ । यसलाई कम्पनीले एचटीके प्लस र जिटीएक्स भेरियन्टमा मात्रै ल्याउने छ ।

त्यसैगरि १.५ लिटर सिआरडीआई इन्जिन युक्त मोडल भने सबै सातवटै भेरियन्टमा उपलब्ध रहने छ । साथै, सिआरडीआई भिजीटी अटोमेटिक भने दुई भेरियन्टमा मात्रै किन्न सकिने छ । यसलाई कम्पनीले एचटीके प्लस र जिटीएक्स भेरियन्टमा ल्याउने जनाएको छ ।

कुन इन्जिनको कति पावर ?

समग्रमा तीन इन्जिन अप्सनमा आउने सोनेटको सुरुवाति मोडलमा १.२ लिटर नेचुरल्ली एस्पायर्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ८३ ब्रेक हर्स पावर र ११५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

यसमा रहेको दोस्रो इन्जिन १.० लिटर टर्बो हो । यो इन्जिनले १२० पीएस पावर र १७२ एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड आईएमटी गियरबक्स र ७ स्पीड ड्यूल क्लच अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले यसमा डिजेल इन्जिन पनि दिएको छ । १४९३ सीसी क्षमताको इन्जिनले अधिकतम १०० हर्स पावर र २४० एनएम टर्क प्रदान गर्ने छ । डिजेल भिजिटी अटोमेटिक इन्जिनले भने ११५ हर्स पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यी दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहेको छ ।

कुन भेरियन्टमा कस्तो फिचर ?

कम्पनीले सुरुवाति भेरियन्ट एचटीई भेरियन्टमा ड्यूल एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, १५ इन्चको स्टील ह्वील, रियर एसी भेन्ट, फ्रन्ट पावर विन्डो र इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने विङ मिरर जस्ता फिचर उपलब्ध रहेको छ ।

सोनेटको एचटीके भेरियन्टमा १६ इन्चको ह्वील, चालकको हाइट अनुसार एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, रिमोट लक, पावर विन्डो, २ डिन अडियो सिस्टम जस्ता फिचर उपलब्ध रहेका छन् ।

एचटीके प्लस भेरियन्टमा अटो हेडल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर फोल्डिङ विङ मिरर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, सुरक्षाको लागि इएससी, हिल स्टार्ट एसिस्ट, ट्रायाक्सन कन्ट्रोल, ड्राइभ मोड जस्ता फिचर रहेका छन् ।

योभन्दा माथिल्लो भेरियन्ट एचटीएक्समा थप एलइडी डिआरएलएस, सनरुफ, किलेस इन्ट्री, क्रुज कन्ट्रोल, रिमोट इन्जिन स्टार्ट, रियर भ्यू क्यामेरा जस्ता फिचर उपलब्ध रहने छन् ।

सोनेको अर्को भेरियन्ट एचटीएक्स प्लस भेरियन्टमा टायर प्रेसर मोनिटर, लेदर अपहोलिस्टीक, एम्बीएन्ट लाइट, अलोय ह्वील, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभिवो कनेक्ट कार टेक, भ्यान्टीलेटेड सिट, एयर प्यूरिफायर, बोसको म्यूजिक सिस्टम उपलब्ध रहने छ ।

सोनेटको सबैभन्दा टप भेरियन्ट जिटीएक्स प्लस भेरियन्टमा माथीका राम्रा सबै फिचर उपलब्ध रहेको छ । साथै यसमा अल व्ल्याक क्यावीन, ६ वटा एयरव्याग, फ्रन्ट पार्किङ सेन्सर, हिल स्टार्ट एसिस्ट, वायरलेस चार्जर जस्ता फिचर पाउन सकिने छ ।


Back_to_top