नविल बैंकबाट गाडी किन्न कर्जा लिएकालाई व्याजदरमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत व्याजदर छुटको घोषणा गरेको छ । बैंकले आज एक विज्ञप्ती जारी गर्दै बैंकबाट गाडी किन्न, घर जग्गा किन्न र अन्य कुनै व्यवसया गर्न लिएको कर्जामा साउनदेखि उक्त छुट हुने जनाइएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । यस्तो छुट खराब कर्जाका ऋणीले भभने प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणीलाई राहत पुग्ने विश्वास लिएको छ ।

‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नु परेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले सबै ऋणीलाई लाग्ने ब्याजदरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने त्यस्ता ग्राहकले यो सुविधा पाउने छन् । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्ँन्’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आºनो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना समेत बनाएको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top