काठमाडौं । टीभीएसको अपाचे आरटीआर २०० फोर भीको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको मोडल राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्काले हिजो एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
विभिन्न सामाजिक सञ्जालमा लाइभ कार्यक्रमगरि आरटीआर २०० फोर भीको स्मार्ट कनेक्ट भर्सन सार्वजनिक गरिएको थियो । टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ल्याएको नयाँ मोटरसाइकलले युवालाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

नयाँ एबीएस र कनेक्ट फिचरसहितको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । पुरानो आरटीआर २०० फो भीको तुलनमा यसमा नयाँ सेटअपमा एलइडी हेडल्याम्प, एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरेर ल्याएको हो ।
चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गरेर यसमा रहेको स्मार्ट फिचरहरुको प्रयोग गर्न सक्ने छन् ।
योपनि पढ्नुस्: टीभीएसको RTR 200 4V स्मार्ट कनेक्ट र एबीएस भर्सन आजबाट बिक्री सुरु हुँदै


