वर्कसपहरु भदौ १५ गतेसम्मको लागि बन्द गर्ने संघको निर्णय

काठमाडौं । नेपाल अटोमेकानिक्स संघमा आवद्ध सबै वर्कसपहरु १५ दिन बन्द हुने भएको छ । पछिल्ला दिनमा कोभिड १९ को संक्रमण तिब्र गतिमा फैलन थालेसँगै वर्कसपहरु बन्द गर्न लागिएको संघले जानकारी दिएको छ ।

उपत्यकामा नै दैनिक ठूलो मात्रामा संक्रमितहरु देखिन थालेकाले आगामी भदौ १५ गतेसम्मको लागि सम्पूर्ण वर्कसपहरु बन्द गर्न लागिएको संघले जनाएको छ ।

सघंले १५ गतेसम्म आफ्नो वर्कसप संचालन नगर्ने र अत्यावस्यक सवारी साधनहरु मर्मत गर्नुपरेमा वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजर जस्ता एल्कोहोल-बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न आग्रह गरेको छ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै फैलिएको संक्रमणको कार उपत्यकामा जोखिम बढेको भन्दै धेरै व्यवसायहरु केही समयको लागि बन्द हुन थालेका छन् ।


Back_to_top