पावरफुल इन्जिनसहित रेनो डस्टर भारतमा सार्वजनिक

काठमाडौं । रेनोले नयाँ टर्बो इन्जिनमा डस्टर सार्वजनिक गरेको छ । अटो एक्स्पो २०२० मा शोकेस गरेको टर्बो इन्जिन युक्त ‘रेनो डस्टर’ भारतमा सार्वजनिक भएको हो ।

रेनोले १.३ लिटर टर्बो पेट्रोल इन्जिनमा डस्टरलाई सार्वजनिक गरेको छ । उक्त नयाँ इन्जिनले १५३ ब्रेक हर्स पावर र २५० एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । रेनो डस्टर रेगुलर मोडलको तुलनामा अब आउने नयाँ डस्टरले ४८ बीएच पावर बढी प्रदान गर्नेछ । रेगुलर मोडल डस्टरको इन्जिनले १०५ ब्रेक हर्स पावर प्रदान गथ्र्यो ।

नयाँ इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ । साथै, नयाँ डस्टरमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएस, पुस बटम स्टार्ट/स्टप, अटोमेटिक एसी, क्याविन प्रिकुल अप्सन, क्रुज कन्ट्रोल, ड्यूल फ्रन्ट एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी, हिल स्टार्ट असिस्ट, रिर्भस पार्किङ क्यामेरा, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

एलइडी टेल ल्याम्पको साथ आएको नयाँ डस्टरमा १७ इन्चको अलोय ह्वील रहेको छ भने अगाडिको ग्रिलमा केही परिमार्जन गरिएको छ ।
दुई भेरियन्टमा सार्वजनिक भएको डस्टरको आरएक्सई भेरियन्टको मूल्य १० लाख ४९ हजार र टिएक्सजेड भेरियन्टको ११ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ ।

नेपालमा पनि डस्टर सफल एसयूभीको रुपमा रहेको छ । एडभान्स अटोमोवाइलले बिक्री गर्दै आएको डस्टरको नयाँ भेरियन्ट आगामी दशैंसम्ममा नेपाल आउने अनुमान गरिएको छ ।


Back_to_top