काठमाडौं । स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा भोलिबाट खुकुलो बनाउने निर्णय भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले भोलिबाट सार्वजनिक र निजी सवारी साधन यातायात जोर बिजोरको आधारमा चलाउन पाइने निर्णय गरेको हो ।
कुन कुन र कस्ता गाडी चलाउन पाउने भन्ने विषयमा केही समयपछि अधाकारीक निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ । जनस्थरबाट व्यापक विरोध आउन थलेपछि सरकारले निषेधाज्ञा नगर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयपछि भोलिबाट बजारहरु संचालनमा आउने छन् । सरकारले भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु गर्दै आएको थियो । पछिल्लो पटक घोषणा गरेको निषेधाज्ञा आज राती १२ बजेबाट सकिदैछ ।

