काठमाडौं । स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा भोलिबाट खुकुलो बनाएसँगै व्यवसायहरु संचालनमा आउने भएका छन् । सरकारले दिन नै तोकेर कारोवार संचालन गर्ने निर्णय गरेसँगै मोटरसाइकल, कार, जीप, भ्यान लगायतका सवारी साधन खरिद गर्न चाहने मानिसले हप्तामा दुई दिन सोमबार र बुधबार मात्रै खरिद गर्न सक्ने छन् ।
बजारमा भिडभाड कम होस् भनेर स्थानिय प्रशासनले आवश्यकता र प्रकृति हेरर व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो । स्थानिय प्रशासनको निर्णयपछि अब सवारी साधन बिक्री गर्ने शोरुमहरु हप्तामा २ दिन मात्रै खुल्ला हुने छन् ।
तर, सम्पूर्ण सवारी साधन मर्मत गर्ने सर्भिस सेन्टरहरु भने सबै दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ ।
स्थानिय प्रशासनको निर्णयपछि भोलिबाट बजारहरु संचालनमा आउने छन् । सरकारले भदौ ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु गर्दै आएको थियो । पछिल्लो पटक घोषणा गरेको निषेधाज्ञा आज राती १२ बजेबाट सकिदैछ ।

