कार पाइन्छ फरक-फरक स्टेरिङ, यस्ता छन् परिस्कृत स्टेरिङ

काठमाडाै‌ं । चार पाङ्ग्रे सवारी चलाउने भन्ने वित्तिकै हाम्रो दिमागमा आउने पहिलो सवाल भनेको स्टेरिङ ह्वील हो । चालकको अगाडि ड्यासबोर्डमा रहने यो स्टरिङ ह्वीलले सवारीलाई कन्ट्रोल गरेर चाहेको स्थानमा पूर्याउने काम गर्छ ।

स्टेरिङ ह्वीलको कन्ट्रोलिङ सवारी चलाउने पहिलो सर्त हो । यदि स्टेरिङ कन्ट्रोल गर्न सकिदैन भने सवारी साधनलाई बाटोमा चाहेको स्थानमा पूर्याउन सकिदैन । स्टेरिङको सहायताले नै सवारीसाधनलाई सबै खाले घुमाउरो बाटाहरुमा चाहेको लेनमा चलाउन सकिन्छ ।

स्टेरिङ ह्वील घुमाउँदैमा सवारी दायाँ वायाँ जाने यो मेकानिजममा विभिन्न प्रकारका पार्टसहरु रहेका हुन्छन् । प्रमुख पाट्स स्टेरिङ ह्वीलसँगै जाडिएको पिनियन र स्टिेरिङ र्‍याक हो । स्टेरिङ र्‍याकमा समान प्रकारले गुना बनाएको हुन्छ जसलाई स्टेरिङसँग जोडिएको पिनियनले घुमाउँदा यो र्याक दायाँ वा वायाँ सर्ने गर्छ ।

अगाडिको दुबै चक्कामा स्टेरिङ आर्म रहेको हुन्छ यो पार्टस कारको फ्रेममा फिक्स गरेको हुन्छ । स्टेरिङ आर्म र स्टेरिङ र्‍याकलाई एकआपसमा टाइरडले जोडेको हुन्छ । जसको काम स्टेरिङ र्‍याक दाँया बाँया गर्दा चक्कालाई पनि दायाँ वा बायाँ गराउनु हो ।

स्टेरिङ सिस्टम सुरुका दिनहरुमा म्यानुअल हुने गथ्थे तर, आजकल इलेक्ट्रिक र हाइड्रोलिक पावर स्टेरिङ हुने गरेका छन् । जसको सहायताले कम बल लगाएपर पनि ठूला ठूला सवारी साधनहरु सजिलै घुमाउन सकिन्छ ।

पहिला पहिलाका मोडलका ट्रक वा बसहरु चलाउँदा चालकले धेरैभन्दा धेरै पाखुराको शक्ति लगाएर गाडीको स्टेरिङ काटेको देखिन्थ्यो तर आजकल यी कार्यका लागि एकै हातको शक्ति पनि काफि रहेको देखिन्छ ।

के हो इलेक्ट्रिक पावर स्टेरिङ सिस्टम

यो सिस्टममा पनि माथिको जस्तै पिनियन, स्टेरिङ र्‍याक, स्टेरिङ आर्म कनेक्टेङ रड आदि कम्पोनेन्ट हुन्छ । तर, इलेक्ट्रिक पावर स्टेरिङमा पिनियनमा एक इलेक्ट्रिक मोटर जोडिएको हुन्छ । यसकै सहायताले चालकले दिएको इनपूटले स्टेरिङ र्‍याक घुमाउन सघाउँछ ।

यो सिस्टमले सवारी चलाउन धेरै सहज र एकुरेट बनाएको छ । यो मोटरसँगै इलेक्ट्रिक कन्ट्रोल युनिट रहेको हुन्छ । जसले कति पावर लगाउने निर्धारण गर्छ । यसले चालकले लगाएको टर्क, स्टेरिङ याङ्गल, स्टेरिङ ह्वीलको स्पीड र सवारी साधनको स्पीड आदि सबैकुराको इनपूट लिएर मात्र कति मात्रामा स्टिेरिङ र्‍याक घुमाउने निक्यौल गर्छ । जसको सहायताले सवारी साधनको कन्ट्रोल र इफिसेन्सी अझ बढाएको छ ।


Back_to_top