तयार हुँदै हुन्डाईको पहिलो पीकअप, देखियो परिक्षणमा

काठमाडौं । हुन्डाई मोटर्सले आफ्नो पहिलो पीकअप परिक्षण गरिरहेको छ । कम्पनीले सन् २०२१ को पहिलो क्वाटरबाट अन्तर्राष्ट्रिय बजारमा उतार्ने तयारी गरेको पीकअप अहिले निकै चर्चामा रहेको छ ।

हुन्डाईले आफ्ना विगतका उत्पादन जस्तै निकै प्रिमियम फिचरका साथ नयाँ पीक बजारमा ल्याउने भएको हो । सन् २०१५ को डिट्रोइड अटो शोमा पहिलो पटक देखाएको सान्ता क्रुज पीकअप अबभने तयारी अवस्थामा रहेको बताइएको छ ।

कोरियाको विभिन्न क्षेत्रमा परिक्षण भइरहेको सान्ता क्रुजमा हुन्डाईको प्रिमियम एसयूभी सान्ताफेबाट धेरै फिचर लिइएको अनुमान गर्न सकिन्छ । यसको नामसमेत सान्ताफेबाट प्रेरित रहने छ ।

परिक्षणको क्रममा देखिएको पीकअपलाई आधार मान्दा यसको सिधा प्रतिस्पर्धा फार्ड रेञ्जर, टोयोटा हाइलक्स, निसान नाभारा जस्ता मोडसँग हुने देखिन्छ ।

कम्पनीले यसलाई दुई इन्जिन अप्सनमा ल्याउने छ । जसमा २.४ लिटर र २.० लिटर टर्बो चार्ज्ड इन्जिन रहने छ । यसमा ८ स्पीड अटोमेटिक गिरबक्सको साथ अल ह्वील ड्राइभ सिस्टम दिइने जनाइएको छ ।

सिल्क एलइडी हेडलाइट, एलइडी टेल लाइट र प्रिमियम क्याविन यसमा रहने छ । संभवत यसको मूल्य २५ हजार डलर कायम हुने छ ।

नेपालमा पनि हुन्डाईको यो पीकअप सन् २०२१ भित्रै आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top