टाटाको सबैभन्दा सस्तो एसयूभी परिक्षणमा

काठमाडौं । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभी ‘एचबीएक्स’ भारतको मनाली हाइवेमा परिक्षण सुरु भएको छ । सबैभन्दा सस्तो मूल्यको माइक्रो एसयूभीको बडी पूर्णरुपमा छोपेर परिक्षण हुँदै आएको छ ।

टाटाले सन् २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको ‘एचबीएक्स’ सम्भवत २०२१ को पहिलो क्वाटरबाट बिक्री सुरु हुने छ । टाटाले यसको उत्पादन मोडलको काम अन्तिम चरणमा पुर्याएको अनुमान गरिएको छ ।

टाटाले अल्फा प्ल्याटफर्ममा उत्पादन गरिरहेको एचबीएक्सलाई २.० इम्प्याक्ट डिजाइनको प्रयोग गरेको छ । कम्पनीले आधिकारीक रुपमा यसमा रहेको इन्जिन लगायतका विषयमा जानकारी दिएको छैन ।

यद्यपी कम्पनीले अटो एक्सपो २०२० मा प्रदर्शनी गरेको एचबीएक्समा १.२ लिटर, इनलाइन थ्रि सिलिण्डर इन्जिन दिएको थियो । उक्त इन्जिनले ८६ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।

विभिन्न रिपोर्टका अनुसार १.५ लिटर डिजेल इन्जिन अप्सन पनि उपलब्ध रहने छ । उक्त इन्जिनले १०० पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिने अनुमान गरिएको छ ।


Back_to_top