रेनोको नयाँ एसयूभीको टिजर सार्वजनिक

काठमाडौं । रेनोले आफ्नो पहिलो सब फोर मिटर एसयूभीको टिजर सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक सब फोर मिटर एसयूभीको टिजर बाहिर ल्याएको हो ।

निसानले आगामी हप्ताबाट म्याग्नाइट बिक्री सुरु गर्ने तयारी गरिरहेको समयमा कम्पनीले नयाँ एसयूभीको टिजर बाहिर ल्याएको हो । रेनोले आगामी वर्षको पहिलो क्वाटरमा नै नयाँ एसयूभी डिलर नेटवर्कमा शोकेस गर्ने छ ।

डायनामिक रियर, डबल बबल टाइप स्पोइलर, थ्रिडी एलइडी टेल ल्याम्प, ब्रुमिङ सेप्ड एलइडी हेडल्याम्प, विङ मिरर, कुपे डिजाइन रुफ दिइएको छ । कम्पनीले यसलाई सिएमएफ ए प्ल्याटफर्ममा बनाइरहेको छ ।

निसान म्याग्नाइटको जस्तै १.० लिटर र १.० लिटर टर्बो इन्जिनमा यसलाई कम्पनीले बजारमा ल्याउने छ । थ्रि सिलिण्डर इन्जिनमा आउने यो एसयूभीमा अटोमेटिक र सिभीटी गियरबक्स दिइएको छ ।

रेनोले ल्याउने नयाँ एसयूभीले मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट, निसान म्याग्नाइट र किया सोनेटसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top