रोयल इन्फिल्डको नयाँ मोडल ‘इन्टरसेप्टर ३५०’

काठमाडौं । रोयल इन्फिल्डले इन्टरसेप्टर मोडललाई ३५० सीसी क्षमताको इन्जिन सहित बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो नयाँ मोडल इन्टरसेप्टर ३५० को भारतमा अहिले परिक्षण गरिरहेको तस्विरहरु सार्वजनिक भएका छन् ।

रोयल इन्फिल्डले आफ्ना मोडलहरुमा व्यापक परिमार्जन गर्ने नीति अनुरुप थन्डरर्वड ३५०को सट्टामा मेटेर ३५० भारतमा सार्वजनिक गरेको थियो । यससँगै कम्पनीले ३५० सीसी सेग्मेन्टमा अर्को मोटरसाइकल ल्याउने तयारी गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । नयाँ मोडल २०२१ मा सार्वजनिक हुने अनुमान गरिएको छ ।

टेष्टिङको क्रममा सडकमा देखिएको उक्त मोटरसाइकलमा इन्टरसेप्टर ६५० को टेलल्याम्प तथा टर्न सिंग्नलको प्रयोग गरेको देखिन्छ त्यसैगरि नयाँ मोटरसाइकलको फुटपेग, रियर फेन्डर, रियर सस्पेन्सन समेत ६५० इन्टरसेप्टरसँग मिल्दोजुल्दो रहेको छ ।

रोयल इन्फिल्डले यसमा मेटेर ३५० मा रहेको ३४९ सीसी सिंगल सिलिन्डर एयर एण्ड आयल कुल्ड इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । यो इन्जिनले २०.२ हर्स पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । तस्विरमा देखिए अनुसार यो मोटरासइकलमा अपराइट राइडिङ पोजिशन रहने छ । यो मोटरसाइकल मेटेर ३५० र क्लासिक ३५० भन्दा प्रिमियम फिचर र मूल्यसहित बजारमा आउने छ ।


Back_to_top