एक दशकमा नेपालमा बन्द भए ६ ब्राण्डका कार

काठमाडौं । सन् २०१० देखि २०२० सम्ममा नेपाली अटोमोवाइलमा नयाँ ब्राण्डका कार आउने क्रममले तिब्रता पायो । नयाँ ब्राण्डको आगमनसँगै केहि नाम चलेका ब्राण्डहरुहरु भने बजारबाट विस्थापित भए ।

१० वर्षको अवधिमा नेपालमा विभिन्न ६ ब्राण्डका कारको आयात बन्द भयो । जसमा जापानीज ब्राण्ड डाइहात्शु, अमेरिकन ब्राण्ड सेर्भोलेट, इटालियन ब्राण्ड फियात, चिनीयाँ ब्राण्ड ग्रेटवाल, गिली र चेरी यो दशकमा नेपालमा बन्द भएका ब्राण्ड हुन् ।

सेर्भोलेट र डाइहात्शु नेपालमा निकै सफल ब्राण्डमा गनिने गथ्र्यो । त्यसका बाबजुद यी ब्राण्ड नेपालमा नियमित हुन सकेनन् । सेर्भोलेट वैद्ययज् अर्गनाइजेशन अन्तर्गतको विजय मोटर्सले विक्री गर्दै आएको थियो भने डाइहात्शु गोल्छा समुहले विक्री गर्दै आएको थियो ।

फियात पूर्णरुपमा नेपालमा बन्द भएको घोषणा भएको छैन । बतास अर्गनाइजेशनले नेपाल ल्याएको फियातको लोगो अहिले पनि लाइफ अटोमोवाइलले आफ्नो जीपको शोरुममा प्रयोग गरिएको छ । अमेरिकी कम्पनी क्राइसलर अटोमोवाइलले उत्पादन गर्ने जीपको वास्तविक मालिक कम्पनी फियात हो । त्यसैले फियातको उत्पादन नेपालमा विक्री वितरण बन्द भएको भएपनि शोरुममा यसको लोगो रहिरहेको छ ।

बतास एण्ड मल्ल मिलेर खडा भएको बामा मोटर्सले नेपालमा चेरीका गाडी विक्री सुरु गरेको थियो । कम्पनीले आफ्नो सानो इन्ट्री लेवल ह्याचव्याक र एसयूभी विक्री गर्दै आएकोमा यसको पनि विक्री पूर्णरुपमा बन्द भएको हो । अहिले नेपालमा चेरीका उत्पादन आयात हुँदैन ।

चिनीयाँ ब्राण्ड ग्रेटवालको पिकअप र कार नेपालमा विक्री बन्द भएको छ । कम्पनीले उत्पादन गरेका पिकअप नेपाली सडकमा राम्रै संख्यामा देख्न सकिन्छ । तर, यसको उत्पादनहरु अहिले आयात बन्द भइसकेका छन् ।

गिली ब्राण्डका कार नेपालमा विक्री सुरु भएको भएपनि पछिल्लो दिनमा यसको विक्री पूर्णरुपमा बन्द भएको भएको छ ।


Back_to_top