हुन्डाइले नेपाल ल्याउँदै तीन नयाँ मोडल

काठमाडौं । हुन्डाईले नेपाली बजारमा तीन नयाँ मोडल सार्वजनिक गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले नेपाल ल्याउने तीन नयाँ मोडल मे २०२१ सम्ममा नेपाल आइसक्ने छन् ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेटल प्रालिले दुई एसयूभी र एउटा प्रिमियम ह्याचव्याक कार नेपाली बजारमा ल्याउने छ । कम्पनीले ल्याउने एसयूभीमा नयाँ जेनेरेशन टुसान र प्यालासाइड हो भने नयाँ जेनेरेशन आई २० प्रिमियम ह्याचव्याक कार सेग्मेन्टमा नेपाल आउने छ ।

यी तीन गाडी मध्ये सबैभन्दा पहिलो नयाँ जेनेरेशन आई २० नेपाल आउने छ । सम्भवत मार्च महिनामा यसको विक्री वितरण सुरु हुने छ ।

‘हामी मार्चबाट नेपालमा नयाँ जेनेरेशन आई २० विक्री गर्ने तयारी गरिरहेका छौं । त्यसको लागि हाम्रो प्लान बन्दै छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

त्यसैगरि कम्पनीले ल्याउने दुई एसयूभी मे महिनासम्ममा नेपाल ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले ल्याउने यी गाडीको मूल्य ३५ लाखदेखि १ करोड ८० लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

हुन्डाईको नयाँ जेनेरेशन आई २० ले भारतीय बजारमा निकै राम्रो विक्री गरिरहेको छ । नयाँ जेनेरेशन आई २० भारतीय उत्पादन नेपाल आउने छ । यसको सुरुवाती मूल्य ३५ लाख हुने अनुमान गर्न सकिन्छ । साथै टुसान र प्यालासाइड कोरियामा उत्पादन भएर नेपाल आउने छन् । टुसानको सुरुवाती मूल्य ८० लाख र प्यालाइडको सुरुवाती मूल्य १ करोड ६० लाख हुने अनुमान गर्न सकिन्छ । तर, कम्पनीले मूल्य र भेरियन्टको विषयमा भने कुनै जानकारी दिएको छैन ।


Back_to_top