मानिसका शौख अचम्मको हुन्छन् । विश्वका विकशित देशहरुमा गाडीमा लगाउने नम्बर प्लेट लिलाम विक्री गर्ने गरिन्छ । एक अंकमा रहने र लक्की नम्बर भनेर खोज्ने मानिसले कारको मूल्यभन्दा कयौ गुणा बढी रकम नम्बर प्लेटमा लगाउने गरेको घटना सुन्न पाइन्छ ।
यस्तै घटना दुबईबाट बाहिर आएको छ । दुबईमा एउटा नम्बर प्लेटलाई ७० लाख डलर करिब नेपाली रुपैयाँ ८० करोड ५० लाख हाराहारी नेपाली रुपैयाँ तिरेर आफ्नो छनोटको नम्बर प्लेट किनेको घटना बाहिर आएको छ ।
करिब ३४ करोड ५० लाख नेपाली रुपैयाँ बराबरको बुगाटी चिरोनमा ८० करोड ५० लाखको नम्बर प्लेट आफैँमा आश्चर्य हो । त्यसमा पनि नेपालमा यस्तो प्रचलन नभएकाले हामीलाई यो घटना नौलो लाग्नु स्वभाविक हो ।
दुबईको सडक र यातायात अथ्रुरिटीले स्पेशल नम्बर प्लेटलाई लिलाम विक्री गर्दै आएको छ । अथ्रुरिटीले ८० वटा स्पेशल नम्बर प्लेटलाई लिलाम विक्रीमा राखेको थियो । जहाँ ३०० जना खरिदकर्ताले वोली लगाएका थिए । सबैभन्दा महंगो मूल्यमा दुवई ‘ओ ९’ नम्बर प्लेट विक्री भएको थियो । यसलाई भारतीय व्यापारी बलभिन्दर सिंह सहानीले खरिद गरेका हुन् ।


