काठमाडौं । भारतीय अटोबजारले कोभिडपछि निकै रफ्तार लिएको छ । कम्पनीहरुले हरेक महिनाको विक्री अघिल्लो महिनाको तुलनामा राम्रो गर्दै गएका छन् । यसले अटो बजार पुरानै लयमा फर्केको अनुमान लगाउन सकिन्छ ।
जनवरी २०२१ मा सर्वाधिक धेरै विक्री भएका १० कारको सूचीमा मारुती सुजुकीका ७ मोडल र हुन्डाईका तीन मोडल पर्न सफल भएका छन् । धेरै फ्याक्ट्रीबाट डिलर कहाँ पठाइएका कारको सूचीमा पहिलो स्थानमा मारुती अल्टो परेको छ । यसलाई कम्पनीले १८ हजार २६० यूनिट विक्री गरेको छ ।
दोस्रो स्थानमा १७ हजार १८० यूनिट सहित स्वीफ्ट, तेस्रो स्थानमा १७ हजार १६५ यूनिटसहित वागेनआर, चौथो स्थानमा १६ हजार ६४८ यूनिटसहित बलेनो र पाँचौ स्थानमा १५ हजार १२५ यूनिटसहित डिजायर पर्न सफल भएको छ ।
सूचीको छैठौ स्थानमा हुन्डाईको चर्चित एसयूभी क्रेटा परेको छ । क्रेता १२ हजार २४८ यूनिटसहित सूचीको छैठौ स्थानमा परेको हो । हुन्डाई भेन्यू ११ हजार ७७९ यूनिटसहित सूचीको सातौ स्थानमा पर्दा ११ हजार ६८० यूनिटसहित मारुती इको आठौ स्थानमा परेको छ ।
सूचीको नवौ स्थान हुन्डाई ग्राण्ड आई १० नियोसले लिएको छ । १० हजार ८६५ यूनिटसहित नियोस नवौ स्थानमा पर्दा १० हजार ६२३ यूनिटसहित मारुती सुजुकी भिटार ब्रेजा १० औं स्थानमा परेको छ ।


