क्रेटा र सल्टोसलाई टक्कर दिन तयार भयो फक्सवागन टाइगुन

काठमाडौं । विश्व प्रसिद्ध जर्मन कार कम्पनी फक्सवागनले भारतमा आफ्नो उत्पादन सुरु गरेको धेरै वर्ष भई सकेको छ । अब भने कम्पनीले सबैभन्दा पपुलर सेग्मेन्टमा भारतीय बजारमा आफ्नो दावेदारी प्रस्तुत गर्न लागेको छ ।

फक्सवागनले भारतमा सबभन्दा सक्सेसफुल गाडी कम्प्याक्ट एसयूभीको सेग्मेन्टमा नयाँ एसयूभी टाइगुन चाँडै सार्वजनिक हुने भएको छ ।

क्रेटा र सेल्टाेस राइभलको रुपमा भारतीय बजारमा आउन लागेको टाइगुनमा जर्मन इन्जिनियरीङको भरपुर प्रयोग हुनेछ । यस कारमा फक्सवागनको अर्को सफल एसयूभी टिगुवानबाट अगाडिको ग्रील लिएको छ भने, बोनेट भने स्क्वायर सेपको रहने छ ।

अगाडि हाइमाउण्ट हेडल्याम्पले यस एसयूभीलाई अग्रेसीभ बनाएको छ । यो कारमा हाइसिटीङ पोजीसन सहितको पावर फ्रन्टसिट, मल्टीलेयर ड्यासबोर्ड, १० इन्चको ठूलो टचस्किृन तथा डिजिटल इन्सुमेन्टल डिस्प्ले रहने छ ।

टाइगुनमा फोक्सवागनको नयाँ हाइक्वालीटीको फ्ल्याट बटम स्टेरिङ ह्वील रहनेछ । यसमा दिइने बडी कलर इन्टेरियरले यसको क्याविन अत्यन्त आकर्षक देखिएको छ । यसको इन्टेरियरमा लेदर सिट, सनरुफ, ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, वायरलेस चार्जीङ, कनेक्टेड कार टेक्नलोजीले सुसज्जीत रहनेछ ।

संगीत पारखीहरुका लागि ३०० वाटको आठवटा च्यानल भएको बिट स्टेरियो सिस्टम रहेको छ । यस कारलाई थप फिचरप्याक बनाउन फक्सवागनले रडारबेस क्रुज कन्ट्रोल, लेन किपीङ असिस्टको साथै केहि मात्राको अटोनोमस ड्राइभीङ सिस्टम समेत दिएको छ । जुन भारतमा निर्मित कारमा एकदमै नयाँ प्रयोग हो ।

यो एसयूभीमा फक्सवागन ग्रुपले बनाएको १.० लिटर टीएसआई पेट्रोल इन्जिन रहने छ, जसले ११५ एचपी पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने छ । अर्को अप्सनको इन्जिन १.५ लिटर रहने छ । यसले १५० एचपी पावर प्रदान गर्ने छ ।

यस कारमा डिएसजी टुइन क्लच अटोमेटिक गियरबक्स रहने छ । टाइगुन डिजेल इन्जिनमा भने तत्काल आउने छैन । यो कार फक्सवागन ग्रुपको प्रख्यात एमक्युबी प्लाटफर्ममा निर्माण भएको छ ।

एसयूभीको लम्बाई ४२१८ एमएम, ह्वीलबेस २६५१ एमएम तथा २०५ एमएमको ग्राउण्ड क्लिएरेन्स रहेको छ ।


Back_to_top