२ लाख १५ हजारमै बीएस ६ स्कुटर

काठमाडौं । नेपाली बजारमा बीएस ६ स्कुटरको उपलब्धता बढ्दै गएको छ । पछिल्लो समय टीभीएसले नेपालमा नै सर्वाधिक विक्री गर्न सफल भएको एनटर्क १२५ बीएस ६ मा नेपाल भित्र्याएको हो ।

कम्पनीले हालै सार्वजनिक गरेका नयाँ मूल्यसूचीमा नयाँ बीएस ६ स्कुटरको मूल्य प्रकाशित गरेको छ । टीभीएस विगो बीएस ६ को मूल्य २ लाख १५ हजार ९०० रुपैयाँ तोकेर मूल्यसूची प्रकाशित गरेको हो ।

हाल नेपाली बजारमा यामाहाका दुई स्कुटर र टीभीएसकै एनटर्क गरि तीन स्कुटर नेपाली बजारमा उपलब्ध रहेको छ । यामाहाको फसिनो तथा रे जेडआर १२५ बीएस ६ भर्सनमा विक्री भइरहेको छ ।

यामाहा फसिनो १२५ बीएस ६ को मूल्य २ लाख ५६ हजार ९०० रुपैयाँ, रेजेडआर १२५ एफआईको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ र रे जेडआर स्ट्रीट र्याली १२५को मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै टीभीएस एनटर्क बीएस ६ को मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्वाका मोटर्सका अनुसार बीएस ६ स्कुटर नेपालमा एक महिना भित्र विक्री सुरु हुने जनाएको छ ।

हाल विक्री भइरहेको विगोको मूल्य २ लाख ७ हजार रुपैयाँ रहेको छ । टीभीएस विगोमा १०९ सीसी एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ७.८ बीएच पावर तथा ८ एनएम टर्क ५५०० आरपीएमा जेनेरेट गर्छ ।


Back_to_top