बजाजले यही वर्ष एनएस २५० ल्याउने

काठमाडौं । बजाज अटोले धेरै पहिला पल्सरको नयाँ जेनेरेशनमा काम गरिरहेके बताएको थियो । हाल कम्पनीले क्वाटर लिटर सेग्मेन्टमा फ्ल्यागशिप मोटरसाइकल ल्याउने रिपोर्ट बाहिर आएको छ ।

हाल बजाजसँग पल्सर २०० एनएस र आरएस २०० बजाजको प्रिमियम मोटरसाइकल रहेको छ । यससँगै कम्पनीले पल्सर एनएस २५० र आरएस २५० ल्याउने भएको हो ।

हालै सार्वजनिक भएको रिपोर्टका अनुसार बजाज २५० ट्वीन चाँडै रोड टेष्टिङ हुने तयारीमा रहेको छ । त्यसैगरी भारतीय बजारमा यो मोटरसाइकल फेस्टिभ सिजनमा सार्वजनिक हुन सक्नेछ । कम्पनीले यही वर्ष सेप्टेम्वर, अक्टोबरमा २५० सीसी मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।

बजाज पल्सर एनएस २०० को एक्स शोरुम प्राइस १ लाख ३२ हजार भारतीय रुपैयाँ रहेको छ भने, आरएस २०० को मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ । बजाज पल्सर एनएस २५० को मूल्य १ लाख ५५ हजार र आरएस २५० को मूल्य १ लाख ७५ हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

बजाज २५० ट्वीनमा यूएसडी फर्क, मोनेशक, एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, डिजिटल कन्सोल, डबल च्यानल एबीएस, ब्लुटुथ कनेक्टिभिटी, स्लीपर क्लच जस्ता फिचर हुने अनुमान गरिएको छ ।

यसमा डोमिना २५० मा भएको २४८.८ सीसी सिंगल सिलिन्डर एफआई लिक्वीड कुल्ड इन्जिन रहने छ । यसले २३.५ बीएच पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

भारतीय बजारमा यो मोटरसाइकल सार्वजनिक भए लगत्तै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । हाल बजाजसका सबै मोटरसाइकल नेपालमा नै एसेम्बल हुँदै आएको छ । यसका कारण यो मोटरसाइकल भारतीय बजार तथा नेपाली बजारमा एकैसाथ सार्वजनिक हुनेसमेत अनुमान गर्न सकिन्छ ।


Back_to_top