एबीएस फिचरसहित ‘अप्रिलिया स्ट्रोम १२५’ नेपाल आउँदै

काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलिया नयाँ स्कुटर अप्रिलिया स्ट्रोमको परिमार्जित मोडल नेपाल ल्याउने भएको छ ।

कम्पनीले गत वर्ष नेपाली बजारमा अप्रिलिया स्ट्रोम-१२५ भित्र्याएको थियो । कम्पनीले नयाँ स्ट्रोम १२५ मा एबीएस फिचर थप गरेर नेपाली बजारमा भित्र्याउने तयारी थालेको छ । त्यस्तै यसमा नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टरसमेत रहने छ । यसका अलावा अन्य मेकानिकल परिर्वतन भने गरिएको छैन ।

नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च स्पोटस् अलोय ह्वील रहेको छ ।

सेग्मेन्टमै पहिलो स्पोर्टी ह्वील भएको स्कुटर रहेको कम्पनीको दावी छ । स्कुटरको फ्रन्टमा वीन्ड स्क्रिनको अप्सनसमेत दिएको छ । अप्रिलिया स्ट्रोम–१२५ मा १२४।४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा ९।५१ बीएचपी र ६ हजार २५० आरपीएममा ९।८ एनएम टर्क उत्पादन गर्छ ।

यसको कूल तौल १२२ किलोग्राम रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ । नयाँ स्ट्रोम १२५ को मूल्यको बारेमा भने कम्पनीले केही जानकारी दिएको छैन ।


Back_to_top