काठमाडौं । बजाजले आफ्नो पल्सर सिरिजकै सबैभन्दा ठूलो मोटरसाइकल २२० एफको २०२१ मोडल बजारमा उतार्न लागेको छ । केहि दिनअघि पल्सर १५० को २०२१ मोडल बजारमा ल्याएको कम्पनीले २२० एफको नयाँ मोडल ल्याउन लागेको हो ।
विशेषत नयाँ कलर अप्सनसहित केहि कस्मेटिक परिमार्जन यसमा पाउन सकिन्छ । नयाँ परिमार्जनले पल्सर २२० एफलाई पहिलेभन्दा आकर्षक देखाएको छ । नयाँ पल्सर २२० एफमा दुई नयाँ कलर अप्सन पाउन सकिन्छ । म्याट व्ल्याक बडी प्यानल र रातो रङको प्रयोग ग्राफिक्समा गरिएको छ । अर्को म्याट ह्वाइट बडी कलर र व्ल्याक सेड प्रयोग गरिएको छ ।
बजाजले युटुबमा यसको भिडियो सार्वजनिक गर्दै नयाँ २२० एफको विषयमा जानकारी दिएको हो । सेमी फेयर रोडस्टर लुक्समा आउने २२० एफ कम्पनीको सबैभन्दा पुरानो मध्यको एक मोडल हो ।
२२० सीसी क्षमताको सिंगल सिलिण्डर, आयल कुल्ड इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा २०.११ बीएच पावर र ७००० आरपीएममा १८.५५ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ ।
१७ इन्चको अलोय ह्वील, अगाडि टेलिस्कोपिक फर्क र पछाडि डुअल शक एब्जर्बर, डिस्क ब्रेक, एबीएस, सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोल, प्रोजेक्टर हेडल्याम्प, १५ लिटरको इन्धन ट्याङ्की जस्ता विशेषता यसमा पाउन सकिन्छ ।
नेपाली बजारमा सार्वधिक सफल यो मोटरसाइकल सहरी, पहाडी र तराईका सबै भूभागमा उत्तिकै मनपराइएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर २२० एफको मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।


