काठमाडौं । चिनियाँ इलेक्ट्रीक कार तथा व्याट्री निर्माता कम्पनी बिवाइडीले नयाँ इलेक्ट्रीक एसयूभी यूआन प्रो सार्वजनिक गरेको छ । सहरी क्षेत्रलाई मध्यनजर गर्दै ल्याइएको यो क्रसओभर एसयूभीमा बिवाइडीले नै बनाएको लिथियम आयोन फस्फेट व्याट्रीमा सेल टु प्याक सिस्टम दिइएको छ ।
५० किलोवाट आवरको व्याट्री प्याक दिइएको यो एसयूभीले ४०१ किलोमिटर रेञ्ज प्रदान गर्ने छ । यसमा रहेको व्याट्रीलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ३० देखि ८० प्रतिशत ३० मिनेटमा चार्ज हुने कम्पनीको दाबी छ ।
यूआन प्रोमा सबै लाइटहरु एलइडी दिइएको छ । नयाँ ह्वील डिजाइन, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ । यसमा रहेको मोटरले १३५ पीएस पावर र २१० एनएम टर्क प्रदान गर्छ ।
यूआन क्रसओभर एसयूभीको लम्बाई ४३७५ एमएम, चौडाई १७८५ एमएम र उचाई १६८० एमएम रहेको छ भने ह्वीलवेस २५३५ एमएम रहेको छ ।
बिवाइडीको इलेक्ट्रीक कार साइमेक्स इन्कले नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा इ–६ र एम–३ विक्री वितरण गर्दै आएको छ ।


