नयाँ पल्सर २५० सेग्मेन्ट कै सबैभन्दा सस्तो बन्ला !

काठमाडौं । अबको केहि महिना भित्रै बजाजले बजारमा उतार्न लागेको पल्सर २५० सेग्मेन्ट कै सबैभन्दा कम मूल्यको मोटरसाइकल हुने विभिन्न रिपोर्टहरुले दाबी गरेका छन् । विशेषत सुजुकी जिक्सर २५० र यामाहा एफजेड २५ सँग सिधा प्रतिस्पर्धा गर्न आउन लागेको नयाँ पल्सरको मूल्य यी दुई बाइकभन्दा सस्तो हुने अनुमान गरिएको छ ।

अहिले नेपालमा यामाहाले एफजेड २५ र सुजुकीले जिक्सर २५० विक्री गर्दै आएका छन् । यी दुई मोटरसाइकलको मूल्य क्रमशः ४ लाख ४२ हजार ९०० र ४ लाख ६५ हजार रुपैयाँ रहेको छ । यस्तोमा बजाजको नयाँ पल्सर २५० को मूल्य ४ लाख १५ हजार हाराहारी पर्ने अनुमान गरिएको छ ।

यद्यपी नयाँ पल्सर २५० को लागि अझै केहि समय भने कुर्नु पर्ने हुन्छ । भारतका विभिन्न क्षेत्रमा परिक्षणको क्रममा देखिएको पल्सर २५० आगामी चाडपर्वको समयसम्ममा भारतमा विक्री सुरु हुने छ भने, नेपालको लागि थप ४ महिनासम्म कुर्नु पर्ने हुन सक्छ ।

नयाँ पल्सर २५० आयल कुलरको साथ एयर कुल्ड इन्जिनमा उपलब्ध रहने छ । यसमा केहि फिचर पल्सर एनएस २०० बाट लिइएको परिक्षणको क्रममा देखिएको तस्विरबाट प्रस्ट हुन्छ ।

परिक्षणकाे क्रममा देखिएकाे पल्सर २५०

त्यसैले यो अनुमान लगाउन सकिन्छ कि नयाँ पल्सर २५० मा प्रोजेक्टर हेडल्याम्प, एलइडी टेल ल्याम्प, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, स्मार्टफोन कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर उपलब्ध रहने छन् ।

सधै मूल्य र डिजाइनको कारण प्रतिस्पर्धी माथि भारी पर्दै आएको बजाजले पल्सर २५० पनि त्यति रणनीति अबलम्बन गरेर तयार पारीरहेको रिपोर्टहरु बाहिर आएका छन् ।


Back_to_top