अशोक लेलैण्डले ल्यायो ४० टन सामान बोक्न सक्ने टेल्टा ट्रक

काठमाडौं । अशोक लेलैण्डले १४ चक्का प्रयोग भएको पहिलो डेल्टा ट्रक ‘एभीटीआर ४१२०’ सार्वजनिक गरेको छ । भारतमा गत शुक्रबार सार्वजनिक भएको यो ट्रकले ४०.५ टन भार बोक्न सक्ने जनाइएको छ । योसँगै यो भारतमा उत्पादन भएको सेग्मेन्ट कै सबैभन्दा शक्तिशाली ट्रक बनेको छ ।

अशोक लेलैण्डका अनुसार यो ट्रकले समान बनाेटवाला अन्य ट्रकको तुलनामा ५ टन अतिरिक्त पेलोड प्रदान गर्छ । यो ट्रकले लिफ्ट डाउन एक्सल स्थितिमा ४०.५ टन र लिफ्ट एक्सल अप पोजिशनमा २८ टन भारबहन गर्न सक्छ ।

यो ट्रकलाई विभिन्न तीन भेरियन्टमा बजारमा ल्याएको छ । जसमा एन क्याव, यू क्याव र एम क्याव रहेका छन् । यस ट्रकको क्याविनमा सस्पेन्डेड ड्राइभर सिट, फ्रन्ट एन्टी रोल बार, स्टोरेज स्पेश, म्यूजिक सिस्टम, एयर कन्डिसन, हाइअलट टेलिम्याटिक्स जस्ता फिचर उपलब्ध रहेको छ । यसको फ्रन्ट फेसिका पूर्णत मेटलको प्रयोगबाट बनाइएको छ ।

अशोक लेलैण्ड एभिटीआर ४१२० मा दुई इन्जिन उप्सन उपलब्ध रहेको छ । यसमा रहेको एउटा इन्जिनले २०० हर्सपावर र ७०० एनएम टर्क प्रदान गर्छ भने अर्को इन्जिनले २५० हर्सपावर र ९०० एनएम टर्क प्रदान गर्छ । आईजेन ६ टेक्नोलोजीमा आधारित इन्जिन रहेको यो ट्रक उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।


Back_to_top