हुन्डाई क्रेटाको बढ्दो क्रेज: अब सबै पूर्व प्रधान न्यायाधीशहरुले क्रेटा चढ्ने

काठमाडौं । हुन्डाई क्रेटाको नयाँ जेनेरेश मोडल नेपालमा विक्री सुरु भएसँगै  यसको क्रेजपनि बढ्दै गएको छ । सरकारले सबै पूर्व प्रधान न्यायाधीशहरुलाई एउटै स्तरको गाडी उपलब्ध गराउने निर्णय अनुसार हुन्डाई क्रेटा दिन लागिएको हो ।

यसअघि कसैले महंगो र कसैले सस्तो गाडी चढ्दै आएकोमा समानता ल्याउन भन्दै सरकारले सबैलाई एकै किसिमको गाडी दिने निर्णय गरेको थियो ।

अहिले सबै पूर्व प्रधान न्यायाधीशहरुसँग भएको पुरानो गाडी फिर्ता लिएर नयाँ गाडी दिने तयारी सर्वोच्च अदालतले गरिरहेको छ । सर्वोच्च अदालत परिसरमा अहिले १४ वटा नयाँ हुन्डाई क्रेटा ल्याइएको छ ।

हुन्डाई क्रेटा नेपालमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी हो । सर्वोच्च अदालतले आफ्ना पूर्व प्रधान न्यायाधीशहरुको लागि खरिद गरेको क्रेटामा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।


Back_to_top