एमजी एचएसको मूल्य बढ्याे, यस्तो छ नयाँ मूल्य

काठमाडौं । एमजीको नयाँ एसयूभी एचएसको मूल्य वृद्धि भएको छ । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले केहि दिन अघि नेपाल ल्याएको एमजी एचएसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको थियो । अहिले एचएसको मूल्य बढेर ८२ लाख ९० हजार रुपैयाँ भएको छ । कम्पनीले यसको मूल्य २ लाख ९१ हजार रुपैयाँले वृद्धि गरेको हो

डलरको मूल्य बढ्दा मूल्यमा चाप परेकाले वृद्धि गर्नु परेको कम्पनीले जनाएको छ । कम्पनीले सुरुमा निकै आक्रमक मूल्य तोकेर यसको विक्री सुरु गरेको थियो ।

एमजी एचएस निकै फिचर लोडेड एसयूभी हो । यसमा एमजी पाइलट ड्राइभर सेफ्टी स्वीट जस्तो हाइटेक फिचर उपलब्ध रहेको छ । चिनियाँ कम्पनी एसएआइसीले आफ्नै इनोभेसनमा तयार गरेको यो फिचर निकै उत्कृष्ट मानिन्छ ।

अन्य सुरक्षा फिचरमा इएसी प्रोग्राम अन्तर्गत एबीएस, इबीडी, सिबीसी, टिसिएस, भीडीसी, एचएजेड, एचएचसी, बिडीडब्ल्यू, एआरपी र एचडीसी जस्ता फिचर रहेका छन् ।

हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, एयरव्याग, रिभर्स पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, इन्टेलिजेन्स स्पीड एसिस्ट सिस्टम, व्लाइन्ड स्पोट डिटेक्सन जस्ता फिचर एचएसमा उपलब्ध रहेको छ ।

अगाडि हिटेड फिचर सहितको लेदर स्पोर्टी सिट यसमा पाउन सकिन्छ । एलइडी एम्बीयन्ट लाइट र ड्यासबोर्ड तथा सिटको कलरले गाडीलाई निकै प्रिमियम देखाएको छ ।

यो गाडी निकै आरामदायी रहेको छ । कम्पनीले यसमा ठूलो साइजको एन्टी ट्रायापसहितको पानारोमिक सनरुफ, अटोमेटिक ड्यूल जोन क्लाइमेट कन्ट्रोल, पछाडि पनि एसी भेन्ट, इलेक्ट्रीक टेलगेट, इलेक्ट्रीक विन्डो, एयर फिल्टर, रिमोर्ट अडियो कन्ट्रोल, प्याडल सिफ्टर, रेन सेन्सिङ वाइपर, स्टेरिङमा नै स्पोर्ट मोड बटम जस्ता फिचर पाउन सकिन्छ ।

६ वटा स्पीकर सहितको एमजी एचएसमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । ७ इन्चको भच्युल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, स्मार्टफोन कनेक्ट जस्ता फिचर एचएसमा पाउन सकिन्छ ।

एचएसमा १.५ लिटर टर्बो इनिजनको प्रयोग गरिएको छ । यसले अधिकतम ५६०० आरपीएममा १६० बीएच पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएम टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध रहेको छ । यसको उच्च गति क्षमता १९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

एसएआईसीले आफै तयार गरेको अटोमेटिक एलइडी हेडल्याम्प, फलोमी होम ल्याम्प, लो बीम र हाइ बीम आवश्यकता अनुसार आफै चल्ने हेडल्याम्प, वेलकम लाइट, सिल्भर रुफरेल, सार्कफिन एन्टेना जस्ता फिचर यसको एक्सटेरियरमा पाउन सकिन्छ । कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील दिएको छ ।


Back_to_top