काठमाडौं । सीएफ मोटोको नेपालको लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेशनलले नयाँ मोटरसाइकलको विक्री सुरु गरेको छ । कम्पनीले सीएफ मोटो २५० एसआरको केहि समयअघि बुकिङ खोलेको थियो ।
कम्पनीले ल्याएको नयाँ मोटरसाइकल २५० सीसी स्पोर्टस् रेसिङ मोटरसाइकल हो ।
सीएफ मोटो ‘२५० एसआर’मा २४९.२ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९७५० आरपीएममा अधिकतम २७.४ एनएम र ७५०० आरपीएममा अधिकतम २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर क्लच सहितको ६ स्पीडको गियरबक्स उपलब्ध रहने छ । यसको टप स्पीड क्षमता २५० किलोमिटर प्रतिघन्टा रहेको छ ।
त्यसैगरि यसमा अल एलइडी लाइट, एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, टीएफटी स्कृन जस्ता फिचर रहेका छन् । कम्पनीले यसको मूल्य ६ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर छ ।
हाल यो मोटरसाइकल कम्पनीको नक्साल सोरुममा उपलब्ध रहेको छ भने केही समय पश्चात् नेपालभर रहेको सीएफ मोटोको आधिकारिक सोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

