काठमाडौं । जापनी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतमा पहिलो इलेक्ट्रीक स्कुटरको पेटेन्ट दर्ता गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध होन्डा पिसीएक्सलाई इलेक्ट्रीकमा ल्याउने गरि पेटेन्ट दर्ता गरेको हो ।
कम्पनीले गत महिना उक्त स्कुटरको पेटेन्ट दर्ता गरेको थियो । यसअघि नै सुजुकीले वर्गम्यान वेसमा इलेक्ट्रीक स्कुटरको परिक्षण गरिरहेको छ भने यामाहाले पहिलो इलेक्ट्रीक स्कुटरको स्केच जारी गरेको छ ।
त्यसैगरि बजाजले चेतक, टीभीएस आइक्युव जस्ता इलेक्ट्रीक स्कुटर बजारमा ल्याइसकेका छन् । भारतीय अर्को कम्पनी हिरोले चाँडै नै इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
यस्तोमा होन्डाले अन्र्तराष्ट्रिय बजारमा पीसीएक्स आइसी इन्जिन, पेट्रोल हाइव्रिड र इलेक्ट्रीक गरि तीन भेरियन्टमा विक्री गर्दै आएको छ भने भारतमा इलेक्ट्रीक स्कुटरको पेटेन्ट दर्ता गरेको छ ।
होन्डा पीसीएक्स एग्रेसिभ मस्कुलर डिजाइनमा रहेको छ । यसमा प्रोमिनेन्ट फ्रन्ट एप्रोनको साथै मस्कुलर ट्वीन पड हेडल्याम्प दिइएको छ । त्यसैगरि यसमा स्पील टाइप फुटबोर्ड, स्टेपअप सिंगल पिस सिट, ब्ल्याक अलाय ह्वील, स्टायलि ग्य्रावरेल, अलोय ह्वील र फुटपेग जस्ता फिचर रहेको छ ।
कम्पनीले पीसीएक्समा रिमुभएवल ब्याट्री प्याक दिएको छ । त्यस्तै यसका फ्रन्टमा टेलिस्कोपिक र रियरमा ट्वीन सइड सस्पेन्सन दिएको छ । यसको दुबै साइडमा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस फिचर रहेको छ । यसमा डिजिटल कन्सोल, यूएसबी पोर्ट, रिमोट कि जस्ता अन्य फिचर दिइएको छ ।
होन्डाले सन् २०२३ सम्ममा भारतीय बजारमा यो स्कुटर सार्वजनिक हुने अनुमान गरिएको छ ।


