काठमाडौं । बढ्दो विश्व वातावरणीय प्रदुषण र विभिन्न किसिमका भाइरसको प्रकोप बढ्दै जाँदा आफु र आफ्नो परिवार कसरी सुरक्षीत राख्ने भन्ने चासो हरेक कुनामा बस्ने मानिसमा रहन थालेको छ । नेपाल पनि यसबाट अछुतो रहन सक्दैन ।
गत महिना काठमाडौं लगायतका मुख्य सहरमा वातावरण प्रदुषण उच्च भई विश्वकै सवैभन्दा प्रदुषीत सहर बन्न पुगेको थियो । त्यसको साथै अहिले कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढेर उच्च तहमा पुग्न लागेको विज्ञहरुले बताइरहेका छन् । यस्तोमा हरेक नेपालीको पहिलो चिन्ता कसरी स्वस्थ रहने भन्ने रहेको देखिन्छ ।
गाडी निर्माताहरुले पनि कम्तीमा गाडीमा यात्रा गर्दा स्वच्छ हावामा श्वास फेर्न सकियोस् भन्ने हेतुले आफ्नो लेटेस्ट मोडलहरुमा एयर प्यूरीफायरको फिचर दिन थालेका छन् ।
कोभिड १९ को भाइरसलाई समेत फिल्टर गर्ने क्षमता रहने दावी गरिएको यस्ता प्यूरीफायर युक्त गाडीहरु आम चासोको विषय बनेका छन् । हामीले यहाँ नेपाली बजारमा उपलब्ध एयर प्यूरीफायर जडान भएका कारहरुको चर्चा गरेका छौं ।
हुन्डाई भेन्यू
हुन्डाइको भेन्यूमा एयर प्यूरीफयर पाउन सकिन्छ । कोरियन निर्माताले भारतमा निर्माण गरेको सब फोर मिटर एसयूभी सेग्मेन्टमै एयर प्यूरीफायर भएको पहिलो एसयूभी हो ।
कम्पनीले भेन्यूको दुई भेरियन्टमा मात्र यो फिचर प्रदान गरेको छ । भेन्यू किन्ने ग्राहकहरुले एयर प्यूरिफायरको फिचर उपभोग गर्नका लागि डिसीटी एसएक्स तथा एसएक्स भेरियन्ट खरिद गर्नु पर्ने हुन्छ ।
किया सोनेट
अर्को कोरियन ब्राण्ड कियाले सन् २०२० मा बजारमा ल्याएको सोनेटमा पनि स्मार्ट एयर प्यूरीफायर दिइएको छ । कम्पनीका अनुसार यसमा प्रयोग भएको प्यूरीफायरले भाइरसबाट सुरक्षा दिनुका अलावा रियल टाइम एयर क्वालीटी समेत देखाउने छ । यो फिचर किया सोनेटको एचटिएक्स प्लस वा माथिल्ला भेरियन्टमा मात्र उपलब्ध रहेको छ ।
किया सेल्टोस
कोरियन उत्पादकले एयर प्यूरीफायर दिएको किया सेल्टोस नेपाल आएको पहिलो मोडल हो । यसमा एचइपीए फिल्टर सहितको स्मार्ट प्योर एयर प्यूरीफायर रहेको हुन्छ ।
सेल्टोसको सेन्टर आमरेस्टसँगै यसलाई दिइएको छ । जसले निरन्तर डिजिटल डिस्प्लेको माध्यमबाट एयर क्वालीटीको समेत जानकारी दिने गर्छ । तर, यो फिचर पाउन भने किया सेल्टोसको एचटीएक्स र एचटीएक्स प्लस भेरियन्ट किन्नु पर्ने हुन्छ ।
हुन्डाई क्रेटा
नयाँ जेनेरेशन हुन्डाई क्रेटाको लन्चसँगै यसमा एयर प्यूरीफायर पनि थपिएको थियो । यद्यपी क्रेटाको सबै भेरियन्टमा यो सुविधा उपलब्ध रहेको छैन । एयर प्यूरीफायर खोज्ने ग्राहकले क्रेटा एसएक्स र त्योभन्दा माथिको भेरियन्ट किन्नु पर्ने हुन्छ ।
निसान म्याग्नाइट
निसानले आफ्नो सबैभन्दा कम मूल्यको एसयूभी म्याग्नाइटमा इनविल्ड एयर प्यूरीफायर दिएको छैन । तर, यो फिचर प्रयोग गर्न चाहने ग्राहकहरुले कम्पनीको छुट्टै एशोसरिज प्याक भन्ने किन्न सक्ने जनाइएको छ ।

