काठमाडौं । कोभिड १९ को दोस्रो लहर तिब्र गतिमा फैलिरहेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण अधिकांश मानिस अहिले घरमा नै थुनिएर बसेका छन् । बजार सामान्य अवस्थामा फर्कन अझै केहि समय लाग्ने देखिएको छ । यस्तोमा बजार खुलेसँगै नयाँ क्रसओभर कार किन्ने सोच बनाउनेहरुको लागि फोर्ड फ्रिस्टाइल एक उत्कृष्ट विकल्प हुन सक्ने छ ।
कही महिना अघिसम्म यो सेग्मेन्टमा हुन्डाई आई २० एक्टीभ धेरै रोजाइमा पर्ने मोडल थियो । यसको उत्पादन हुन्डाईले बन्द गरेको छ भने नयाँ जेनेरेशन मोडलमा क्रसओभर आउन थप केही समय लाग्ने बताइएको छ । यस्तोमा क्रसओभर सेग्मेन्टमा फ्रिस्टाइल बजारमा उपलब्ध मध्येको उत्कृष्ट विकल्प हुन सक्छ ।
फोर्डको आधिकारीक वितरक जिओ फोर्ड नेपालले दुई भेरियन्टमा फ्रिस्टाइल उपलब्ध गराउँदै आएको छ । यसको टाइटेनियम र टाइटेनियम प्लस भेरियन्ट अहिले नेपालमा विक्री हुँदै आएको छ । यी दुई भेरियन्टको मूल्य क्रमश ३४ लाख ९० हजार र ३६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले यी दुबै भेरियन्टमा न्यूनतम १ लाखसम्म नगद छुट प्रदान गर्ने छ ।

कुनै पनि व्यक्तिले फ्रिस्टाइल किन्न चाहने हो भने ५० प्रतिशत रकम डाउन पेमेन्ट र ५० प्रतिशत रकम बैंकबाट कर्जा सुविधा पाउने छन् । यसरी लिएको कर्जा कम्तीमा ७ वर्ष र बढीमा ८ वर्ष भित्र तिरिसक्नु पर्ने छ । अहिले बैंकसँग तरलता समस्या नरहेकोले ७.५ प्रतिशतमा नै कर्जा सुविधा पाउन सकिन्छ । यसरी हेर्दा मासिक २६ हजार किस्ता तिर्नेगरि फ्रिस्टाइलको टाइटानियम भेरियन्ट खरिद गर्न सकिने छ ।
यस्तो छ फ्रिस्टाइल
फ्रिस्टाइलमा ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९६ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड क्षमताको गियरबक्स यसमा उपलब्ध रहेको छ ।
सुरक्षाको लागि सेफ्टीको लागि ६ एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रायाक्सन कन्ट्रोल, रियर भ्यू क्यामेरा जस्ता फिचर पाउन सकिन्छ । यसबाहेक कारमा ६.५ इन्चको टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्प, रेन-सेन्सिङ वाइपर, १५ इन्च अलोय ह्वील पाउन सकिन्छ ।


