यी हुन् अहिलेसम्म कै नेपालमा सर्वाधिक सफल ५ कार

काठमाडौं । विगत ५४ वर्षदेखि नेपालमा कारको शोरुम नै स्थापना गरेर कार विक्री सुरु भएको देखिन्छ । त्यसअघि राण र दरवारले आफ्नो अनुकुलमा गाडी नेपाल नल्याएका होइनन् । उनिहरुले ल्याउने गाडी जनतालाई बोकाएर ल्याउथे भने आफ्नो मनोरञ्जनमा प्रयोग गर्थे ।

अहिले समय फेरिएको छ । कार मानिसको अवास्यकता भएको छ । यसले मानिसको उत्पादकत्व वृद्धिमा निकै ठूलो भूमिका खेलिरहेको छ । यसका वावजुद राज्य संचालकहरुको नजरमा अहिले पनि सवारी साधन मनोरञ्जन र विलासी बस्तु हो भन्ने नै रहेको पाइन्छ ।

शासकको नजरमा विलासी बस्तु भएपनि नागरिकले अत्यावस्यक साधनको रुपमा प्रयोग गर्न थालेसँगै यसको विक्रीमा पनि वृद्धि भएको छ । यस्तोमा नेपाली बजारमा धेरै ग्राहकले मनपराएका ५ गाडीको विषयमा हामीले यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

टोयोटा कोरोलाः सुरुका दिनमा नेपाल आएका कारमा टोयोटा कोरोला सबैभन्दा सफल कार हो । टोयोटा कोरोलाको सेकेन्ड जेनेरेशन मोडलदेखि नै नेपालमा यसको विक्री भएको तथ्यांक पाउन सकिन्छ । धेरै मानिसले गाडी किन्न सक्ने हैसियत नभएको समयमा नेपाल आएर कोरोलाले नेपाली बाटोमा आफ्नो अलगै पहिचान निर्माण गर्न सकेको थियो ।

कुनै समय नेपालमा ट्याक्सीको रुपमा पनि अत्याधिक रुचाईएको कोरोला विस्तारै महंगो मूल्यका कारण ट्याक्सीबाट विस्थापित भएको थियो । सन् २०१५ पछि आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा कोरोला सेडानको नेपालमा आयत बन्द गरेको हो । यद्यपी अहिले कोरोला क्रस भने नेपालमा किन्न पाइन्छ ।

महिन्द्रा स्कर्पियोः महिन्द्रा स्कर्पियो लामो यात्रा गर्नेको पहिलो रोजाईको एसयूभी हो । अग्नी इन्कर्पोरेटले सन् २००२ देखि नै स्कर्पियो नेपालमा विक्री सुरु गरेको हो । सुरुवाती दिनमा यसको विक्री खासै उत्साहजनक नभएपनि सन् २००५ पछि यसको विक्रीमा निकै ठूलो उछाल आएको थियो । अहिले पनि कम्पनीले स्कर्पियो माग अनुसार सप्लाई गर्न सकिरहेको छैन ।

कच्ची बाटोदेखि सहरी क्षेत्रमा समेत यसको पर्फमेन्सलाई उत्कृष्ट मानिन्छ । टु ह्वील र फोर ह्वील ड्राइभ दुबै अप्सनमा उपलब्ध स्कर्पियो ग्राहकले आफ्नो आवस्यकता अनुसार किन्न सक्ने छन् । फोर ह्वील ड्राइभमा उपलब्ध एसयूभीमा सबैभन्दा कम मूल्यमा यसलाई ग्राहकले खरिद गर्न सक्ने छन् । ९ जनासम्म यात्रु बोक्न सक्ने क्षमताकै कारण ट्राभल एजेन्सीदेखि राजनीतिज्ञसम्मको रोजाईमा स्कर्पियो पर्दै आएको छ ।

मारुती सुजुकी स्वीफ्टः सन् २००५ बाट नेपालमा विक्री सुरु भएको मारुती सुजुकी स्वीफ्ट निकै सफल ह्याचव्याक हो । अहिलेसम्म नेपालमा करिब ८ हजार यूनिटको आँकडा छुन लागेको स्वीफ्ट निकै चर्चित मोडलको रुपमा रहेको छ ।

स्पोर्टी डिजाइनमा तयार भएको स्वीफ्ट सिजी मोटोकर्पले नेपालमा विक्री वितरण गर्दै आएको छ । तेस्रो जेनेरेशन स्वीफ्टको फेसलिफ्ट मोडल निषेधाज्ञा सकिएपछि नेपालमा विक्री सुरु हुने कम्पनीले जानकारी दिइसकेको छ ।

हुन्डाई ग्राण्ड आई १०ः नेपालमा सफल अर्को ह्याचव्याक ग्राण्ड आई १० हो । सन् २०१३ मा पहिलोपटक नेपाल आएको ग्राण्ड आई १० को लोकप्रियता निकै रफ्तारमा बढेको थियो । कोरियन अटो जान्ट हुन्डाईले यसको नयाँ जेनेरेशन मोडललाई अहिले ग्राण्ड आई १० नियोस नामबाट उत्पादन गर्दै आएको छ ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई १० को ८ हजार यूनिट विक्री पुरा गरिसकेको छ । निकै स्टाइलिस डिजाइन र आवस्यक सबै फिचर भएको ग्राण्ड आई १० अहिले पनि सर्वाधिक सफल ह्याचव्याक मोडल हो ।

हुन्डाई क्रेटाः कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएर पनि ८ हजार यूनिट विक्री पुरा गर्ने हुन्डाई क्रेटा पहिलो मोडल हो । कम्पनीले यसलाई सन् २०१६ मा नेपाली बजारमा ल्याएको थियो ।

छोटो समयमा उच्च लोकप्रियता पाएको क्रेटा आकर्षक डिजाइन, उत्कृष्ट फिचर र हुन्डाई सवल नेटवर्कको कारण सफल भएको मान्न सकिन्छ ।


Back_to_top