निषेधाज्ञामा मोटरसाइकल र गाडी चलाउनेलाई ५ हजारसम्म जरिवाना

काठमाडौं । निषेधाज्ञा सम्बन्धी अध्यादेश ल्याएसँगै निषेधाज्ञामा स्थानीय प्रशासनले तोके बेगर सवारी चलाए ठूलो रकम जरिवाना तिर्नु पर्ने भएकाे छ । यसअघि कानुनको अभावमा कम रकम जरिवाना व्यवस्था गरिएकोमा अब ५ हजारसम्म जरिवाना लगाउन सक्ने व्यवस्था भएको हो ।

अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ बिरामी ओसारपसार गर्ने बाहेक अन्य सवारी साधन चलाए जरिबाना लाग्ने छ । कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) अनुसार अनुमतिविना चलेका दुई पांग्रे सवारी साधनलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँ जरिवना हुनेछ ।

यसले स्थानीय प्रशासनले तोके बेगरका सवारी साधन नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई सहयोग पुग्ने विस्वास लिइएको छ ।


Back_to_top