रोयल इन्फिल्डको २ लाख ३७ हजार मोटरसाइकलमा समस्या, सुरु भयो ‘रिकल’

काठमाडौं । भारतीय प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले मोटरसाइकल रिकल गरेको छ । कम्पनीले केही मोडलमा समस्या देखिएपछि मोटरसाइकल फिर्ता मागेको हो ।

कम्पनीले हालै लन्च गरेको मेटोर ३५०, बुलेट ३५० र क्लासीक ३५० मा समस्या देखिए पश्चात् रिकल गरेको जनाएको छ । कम्पनीले उक्त मोडलका मोटरसाइकलमा इग्निसन क्वाइलमा समस्या रहेको पत्ता लगाएको हो ।

कम्पनीका अनुसार नयाँ मोटरसाइकलमा यो समस्या देखिए पश्चात हालै बजारमा गएका २ लाख ३६ हजार ९६६ यूनिट मोटरसाइकल फिर्ता मागेको हो ।

कम्पनीले बताए अनुसार मेटोर ३५० डिसेम्बर २०२० देखी अप्रिल २०२१ को अबधिमा निर्माण भएको थियो । त्यस्तै, क्लासीक ३५० र बुलेट ३५० भने २०२१ जनवरीदेखि २०२१ अप्रिलसम्म उत्पादन भएकामा समस्या देखिएको हो ।

कम्पनीले जारी गरेको विज्ञप्तीका अनुसार यो अवधिमा उत्पादन भएका मोटरसाइकल अन्तर्राष्ट्रिय बजारमा समेत गएको छ । इन्डोनेशिया, फिलिपिन्स, अष्ट्रेलीया र न्युजिल्याण्डमा समेत निर्यात भएको ती मोटरसाइकल समेत प्रभावित हुनेछ । नेपालको बारेमा भने केही उल्लख गरिएको छैन ।

कम्पनीले आफ्ना ग्राहकलाई सम्र्पक गरेर यसको बारेमा जनाकारी गराइसकेको जनाएको छ । कम्पनीले उक्त समस्या निःशुल्क हल गर्नेसमेत जनाएको छ ।

यी बाइकमा देखिएको इग्निसन क्वाइलको समस्याले मोटरसाइकलको स्ट्राट गर्न समस्या हुने तथा केहीमा इलेक्ट्रीक सर्ट भइ आगालागी हुनेसम्मको समस्या हुन सक्ने बताइएकोे छ ।


Back_to_top