नेपालमा विक्री हुने ३ फ्रन्ट ह्वील ड्राइभ कारः विदेशमा पाइन्छ अल ह्वील ड्राइभमा

काठमाडौं । विभिन्न कम्पनीले उत्पादन गर्ने गाडीहरु टु ह्वील, फोर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहने गरेको छ ।

अल ह्वील र फोर ह्वीलमा खासै फरक छैन । तर, आवस्यकता अनुसार टु ह्वील र फोर ह्वील लगाउन सकिने अप्सन फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुन्छ भने अल ह्वील ड्राइभ सिस्टम सधैँ चारवटै चक्कामा पावर दिएर चल्छ ।

विशेषत यूरोप र अमेरिकी देशमा आजकल फोर ह्वीलभन्दा अल ह्वील ड्राइभिङ सिस्टम दिइएको कारहरु धेरै उत्पादन र विक्री हुँदै आएका छन् ।

यहाँ हामीले नेपाली बजारमा टु ह्वील ड्राइभमा उपलब्ध केही कार अन्तर्राष्ट्रिय बजारमा अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहेको विषय जानकारी दिने प्रयास गरेका छौं । यी कारमा पावर, सुरक्षा फिचर लगायत पनि नेपालमा उपलब्ध हुने भन्दा धेरै हुने गरेको पाइन्छ ।

१. मारुती सुजुकी इग्नीस

मारुती सुजुकीले भारतमा उत्पादन गर्ने इग्नीस भारतमै पनि टु ह्वील ड्राइभ सिस्टममा विक्री गर्दै आएको छ । यूरोपीयन बजारमा अल ह्वील ड्राइभ सिस्टम जडान भएको इग्नीस विक्री हुँदै आएको अटोगियर यूकेले उल्लेख गरेको छ । यो इग्नीसमा १.२५ लिटर क्षमताको माइल हाइव्रिड पेट्रोल इन्जिन दिइएको छ ।

२. फोर्ड इकोस्पोर्ट

फोर्ड सन् २०१३ बाट भारतमा उत्पादन सुरु गरेको फोर्ड इकोस्पोर्ट भारतमा भन्दा बाहिर धेरै विक्री हुने गरेको छ । फोर्ड इकोस्पोर्ट अहिले १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसलाई नेपाली बजारमा टु ह्वील ड्राइभ सिस्टममा किन्न सकिन्छ ।

ब्राजिल लगायतका केही देशमा २.० लिटर पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिनको साथ ग्राहकले टु ह्वील र फोर ह्वील मध्ये एक छनोट गरेर किन्न सक्ने छन् ।

३. किया सेल्टोस

किया सेल्टोस एक ग्लोवल मोडल हो । कम्पनीले यसलाई भारत, कोरिया, यूरोप लगायतका क्षेत्रमा रहेको आफ्नो प्लान्टमा उत्पादन गरिरहेको छ । नेपालमा विक्री हुने सेल्टोस भारतमा उत्पादन भएको हो । यसमा टु ह्वील ड्राइभ सिस्टम दिइएको छ ।

तर, कम्पनीले कोरिया, यूरोप, अष्ट्रेलिया र दक्षिण अमेरिकी देशमा विक्री गर्ने सेल्टोसमा अल ह्वील ड्राइभ सिस्टम सहित विक्री हुँदै आएको छ । नेपालमा सेल्टोस १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा उपलबध छ भने यूरोप र दक्षिण अमेरिकी बजारमा १.६ लिटर टर्बो पेट्रोल र डिजेल तथा २.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।


Back_to_top