काठमाडौं । विशेषत युवापुस्ता लक्षित मोटरसाइकल उत्पादकको प्राथमिकतामा पर्दै आएको छ । त्यसमा पनि मूल्य, डिजाइन, पावर र आकर्षक लुक्सका उत्पादन ल्याउन लागि परेका हुन्छन् ।
अहिले नेपाली बजारमा १६० सीसी सेग्मेन्टमा हिरो एक्स्ट्रीम १६० आर, टीभीएस अपाचे आरटीआर १६०, बजाज पल्सर एनएस १६०, होन्डा हर्नेट १६०, होन्डा एक्सव्लेड १६० जस्ता मोडल उपलब्ध रहेका छन् ।
यी मध्ये एबीएस फिचर उपलब्ध रहेको आरटीआर १६० फोर भी, पल्सर एनएस १६० र हिरो एक्स्ट्रीम १६० हुन् ।
यी तीनवटै मोटरसाइकल मुख्यत पावर र डिजाइनका कारण चर्चामा रहने छन् । यी तीनै मोटरसाइकलमा अधिकांस फिचरसमेत समान रहेका छन् ।
इन्जिन
यी तीन वटै मोटरसाइकलमा समान १६० सीसी क्षमताको इन्जिन रहेको छ । तर, हिरो एक्स्ट्रीम १६० आरमा मात्रै एफआई इन्जिनमा उपलब्ध रहेको छ ।
आरटीआर १६० फोर भी र पल्सर एनएस १६० मा कार्वुरेटर इन्जिन पाउन सकिन्छ । त्यस्तै हिरोले एयर कुल्ड इन्जिन दिएको छ भने टीभीएस र बजाजले आयल कुल्ड इन्जिन दिएका छन् ।
इन्जिनकै कुरा गर्दा हिरो एक्स्ट्रीम १६० आरमा बीएस ६ मापदण्डको इन्जिन रहेको छ भने, अन्य दुई मोडललमा बीएस ४ मापदण्डको इन्जिन छ । यी तीन मध्ये आरटीआर १६० फोर भी सबैभन्दा पावरफुल रहेको छ ।
आरटीआर १६० फोर भीले ८००० आरपीएममा अधिकतम १६.४ पीएस पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै बजाज पल्सर एनएस १६० ले ८५०० आरपीएममा अधिकतम १५.५ पीएस पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ ।
त्यसैगरि हिरो एक्स्ट्रीम १६० आरले ८५०० आरपीएममा १५ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यी तीनै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स रहेको छ ।
डाइमेन्सन
हिरो एक्स्ट्रीम १६० आरको लम्वाई २०२९ एमएम, चौडाई ७९३ एमएम, उचाई १०५२ एमएम, ह्वीलवेस १३२७ एमएम र ग्राउन्ड क्लियरेन्स १६७ एमएम रहेको छ ।
त्यसैगरि बजाज पल्सर एनएस १६० को लम्वाई २०१७ एमएम, चौडाई ८०३ एमएम, उचाई १०६० एमएम, ह्वीलवेस १३७२ एमएम र ग्राउन्ड क्लियरेन्स १७७ एमएम रहेको छ ।
साथै, अपाचे आरटीआर १६० फोर भीको लम्वाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ह्वीलवेस १३५७ एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।
इन्धन ट्याङक
यी तीनै मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ । कम्पनीका अनुसार हिरोले ५५ किलोमिटर, बजाजले ४५ किलोमिटर र टीभीएसले ३० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।
सस्पेन्सन/ब्रेक
यी तीनै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ भने हिरो र बजाजले एन्टी फ्रिक्सन बस दिएको छ । त्यस्तै तीनै मोटरसाइकलको रियरमा मोनोशक सस्पेन्सन रहेको छ । हिरोमा भने एड्जष्टेबल मोनोशक रहेको छ ।
हिरो, बजाज र टीभीएस तीनै मोटरसाइकलको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइएको छ । यी तीनै मोटरसाइकलमा सिंगल च्यानल एबीएस फिचर उपलब्ध रहेको छ ।
अन्य फिचर/मूल्य
हिरो र टीभीएसले स्मार्ट कनेक्ट फिचर भएको पुर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ भने बजाजमा सेमि डिजिटल कन्सोल रहेको छ । यी तीनै मोटरसाइकल एलइडी लाइटको प्रयोग गरिएको छ ।
नेकेड डिजाइनका यी तीन वटै मोटरसाइकल मध्ये बजाज र टीभीएसको मूल्यसमान जस्तै रहेको छ भने हिरो एक्स्ट्रीम १६० आरको मूल्य केहि धेरै देखिएको छ ।
हिरो केही दिन अघिमात्र नेपाली बजारमा विक्री सुरु गरेको एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ३९ हजार रुपैयाँ, बजाज एनएसको ३ लाख ८ हजार ९०० रुपैयाँ र आरटीआर १६० फोर भीको एबीएस भर्सनको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।

