काठमाडौं । सन् २०१९ मा भारतीय बजार प्रबेश गरेको कियाले आफ्नो तीन लाख यूनिट विक्री आंकडा पुरा गरेको छ । कम्पनीले कियाले ३ लाख पुगेको बेञ्चमार्क मोडलको रुपमा सेल्टोस उत्पादन गरेको हो ।
भारतीय बजारमा प्रबेश गरेको तीन वर्षभन्दा कम समयमा कियाले ३ लाख यूनिटको आँकडा भेट्टाएर भारतमा विक्री सुरुको कम समयमा यति धेरै संख्यामा गाडी विक्री सफल भएको रेकर्ड आफ्नो नाममा लेखाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
अहिले भारतीय बजारमा कियाले तीन मोडल मात्रै विक्री गर्दै आएको छ । सेल्टोसबाट सुरु भएको कियाको भारत यात्रामा अहिले सोनेट र कार्निभल थपिएका छन् ।
भारतमा उत्पादन भएका सेल्टोस र सोनेट नेपाल आएसँगै नेपालमा पनि कियाको विक्री बढेको देखिन्छ । भारतमा कियाले सेल्टोस सर्वाधिक धेरै विक्री गरेको छ भने दोस्रो धेरै सोनेट विक्री गरेको छ । सेल्टोस ६६.८ प्रतिशत, सोनेट ३०.८ प्रतिशत र कार्निभल २.४ प्रतिशत विक्री गरेको छ ।

