काठमाडौं । चाङ्गन अटो ग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचाररक घोषणा गरेको छ । त्यसको लागि एमएडब्लू वृद्धि आधिकारीक वितरक हुने घोषणा गरेको हो ।
सन्२०२१ मा चाङ्गन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री हुन सफल भएको नियो । त्यसैगरी, सन् २०२० मा यस ब्राण्डले २० लाख गाडीहरू विश्वका ६० मुलुकहरूमा विक्री गरेको थियो ।
चाङ्गन अटो ग्रुप चीमा माज्दा र फोर्डको उत्पादक समेत हो । नेपालमा पनि चाङ्गनले स्कोडा, जीप, जेसीबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय ब्राण्डको विक्री गर्दै आएको एमएडब्लूलाई छनोट गरेको छ ।
सेडान, पीकअप, एसयूभी र इभी चाङ्गनले उत्पादन र विक्री गर्दै आएको छ । यस्ता मोडलको विक्रीसँगै चाङ्गनले नेपाली बजारमा आफ्नो अलगै छवि निर्माण गर्ने आयातकर्ता कम्पनीको भनाई छ ।
‘चाङ्गनका उत्पादनले नेपालीहरुको मन जित्नेमा शंका छैन । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल यो ब्राण्डले नेपाली ग्राहकलाई उत्कृष्ट प्रोडक्ट प्रदान गर्नेछ’, एमएडव्लूका अध्यक्ष विष्णु अग्रवाल भन्छन् ।
अग्रवालका अनुसार भविष्यमुखी बनावट र नविन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँगति दिन सहयोग गर्नेछ ।
त्यसैगरी चाङ्गन अटो ग्रुपका उप महाप्रबन्धक देङ्गले एमएडव्लूसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताए ।
पहिलो चरणमा सेडान, पीकअप र एसयूभी तथा दोश्रो चरणमा विभिन्न विद्युतीय कारहरु नेपाल ल्याउने तयारी कम्पनीले गरेको छ ।

