पाँचौं जेनेरेसन रेन्ज रोभर मंगलबार लन्च हुँदै

काठमाडौं । वेलायती अटोमोबाइल कम्पनी जागुवार ल्याण्ड रोभरको प्रिमियम एसयूभी रेन्ज रोभरको पाँचौं जेनेरेसन आगामी मंगलबार (अक्टोबर २६ तारिख) सार्वजनिक हुने भएको छ । वर्ड डेभ्यूको अगाडि नै नयाँ रेन्ज रोभरको फाइनल तस्वीरहरू अनलाइनमा लिक भएको हो ।

लिक भएको तस्वीर अनुसार यस एसयूभीमा अगाडिको सेप स्पस्ट देखिएको छ । यसको ग्रिल र हेडलाइट अहिलेको जेनरेसनको रेन्ज रोभर फेमेलीसँग मिल्दोजुल्दो देखिएको छ । तर, नयाँ डिजाइनमा अगाडिको पार्टको किनारालाई भने अझ स्मुद गरेको देखिन्छ, जसका कारण यो कार फिउचरीस्टीक डिजाइनको देखिएको छ ।

यो एसयूभीमा पहिलाको जस्तै टुबक्स प्रोफाइल रहेता पनि यसमा स्ट्रङ सोल्जर लाइन र अगाडिको ढोकाहरूमा भर्टिकल डिटेल डिजाइनको प्रयोग भएको छ । तस्वीरमा रेन्ज रोभरको पछाडिको बम्पर पनि क्लियर देखिएको छ । जसमा टेललाइट टेलगेटको वारपार रहेको साथै भर्टिकल लाइटिङ क्लस्टर दुवै कर्नरमा आकर्षक देखिएको छ ।

यसको क्याबिनमा ११.४ इन्चको पीभीप्रो टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । यसमा फ्रेस लुक्सको नयाँ स्टेरिङ ह्वील, सेन्टर कन्सोलको नयाँ डिजाइन तथा अल डिजिटल क्लाइमेट कन्ट्रोल सिस्टम रहेको छ ।

नयाँ रेन्ज रोभर ल्याण्ड रोभरले विकास गरेको नयाँ एमएलए फ्रेक्सी प्ल्याटफर्म आधारित पहिलो उत्पादन हुनेछ । जसको डिजाइन आईसी इन्जिन, प्लगइन हाइब्रिड तथा इलेक्ट्रिक सबै इन्जिनका लागि उपयुक्त हुने किसिमको रहेको छ ।

यस कारमा बीएमडब्ल्यूको ४.४ लिटरको टर्बोचाज्ड भी८ इन्जिन रहने सम्भावना रहेको छ । यसको आधिकारिक जानकारी भने आगामी मंगलबार कम्पनीले लन्च गरेपछि मात्र थाहा हुनेछ ।


Back_to_top