काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज रहेको छ । कम्पनीले यामाहाका ८ मोडलका मोटरसाइकल तथा तीन मोडलका स्कुटर विक्री गर्दै आएको छ ।
यामाहाले विक्री गर्ने ८ मोडलका मोटरसाइकलमा १२ भेरियन्ट रहेको छ भने ३ मोडलका स्कुटरमा ७ भेरियन्ट रहेको छ ।
मोटरसाइकलतर्फ यामाहाको सबैभन्दा सस्तो मोटरसाइकल सलुटो १२५ रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, यामाहा आर ३ यामाहाको सबैभन्दा महँगो मोटरसाइकल रहेको छ । यामाहा आर ३ को मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यद्यपि यामाहाले बिग बाइक सेग्मेन्टमा नेपालमा अन्य महंगा मोटरसाइकल समेत विक्री गर्दै आएको छ ।
त्यसैगरी, स्कुटरतर्फ २ लाख ६ हजार ९०० रुपैयाँदेखि ४ लाख ६९ हजार ९०० रुपैयाँसम्मका स्कुटर विक्री गर्दै आएको छ ।
यस्तो छ मोटरसाइकलका मूल्य
नेपालमा विक्री हुने सबैभन्दा महँगो यामाहाको मोटरसाइकल आर ३ को मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, यामाहा आर १५ भी ३ को मूल्य ४ लाख ५९ हजार ९००, फेजर २५ को ४ लाख १४ हजार ९०० रुपैयाँ, एफजेड २५ को मूल्य ४ लाख ६२ हजार ९००, एफजेडएस भी ३ को मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, एफजेडएस भी २ को मूल्य ३ लाख २० हजार ९००, एमटी १५ बीएस ४ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ र एमटी १५ बीएस ६ को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । यामाहाको १५० सीसी एड्भेन्चर मोटरसाइकलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ, एफजेड भी २ को २ लाख ९५ हजार ९०० रुपैयाँ, एसजेडआरआरको मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँ र सलुटो १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।
स्कुटर
यामाहाको स्कुटरतर्फ सबैभन्दा महँगो एनम्याक्स १५५ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, फसिनो १२५ एफआइको मूल्य २ लाख ६७ हजार ९०० रुपैयाँ, फसिनो ११३ को मूल्य २ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ ।
यामाहा रे जेडआर १२५ एफआइको मूल्य २ लाख ६३ हजार ९०० रुपैयाँ, रे जेडआर १२५ स्ट्रीट र्यालीको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ, रे जेडआर ११३ २ लाख ६ हजार ९०० रुपैयाँ र रे जेडआर १२५ स्ट्रीट र्यालीको मूल्य २ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।


