यस्तो छ होन्डाकाे सिआरएफ १५०, आर्मी कलरमा थप उत्कृष्ट

काठमाडौं । होन्डाले आफ्नो चर्चिट डर्ट मोटरसाइकल सिआरएफ १५० को २०२२ मोडल इन्डोनेशियाबाट सार्वजनिक गरेको छ । अफरोडको लागि निक चर्चित सिआरएफ १५० होन्डाको चर्चित एड्भेन्चर मोटरसाइकल हो ।

नेपालमा स्याकार ट्रेडिङले सिआरएफ २५० मात्रै विक्री गर्दै आएको छ । कम्पनीले सिआरएफ १५० को ठाँउमा एक्सआर १५० एल विक्री गरिरहेको छ ।

इन्डोनेशियाबाट विक्री सुरु भएको सिआरएफ १५० नयाँ कलरस्कीमको साथ बजारमा आएको छ । यसअघि एक्स्ट्रीम रेड र एक्स्ट्रीम व्ल्याक कलरमा मात्रै उपलब्ध सिआरएफ १२५ अब एक्स्ट्रीम ग्रीन र एक्स्ट्रीम ह्वाइट कलरमा पनि उपलब्ध हुनेछ ।

कम्पनीले ल्याएको नयाँ ग्रीन कलरले जो कोहीलाई सहजै लोभ्याउने छ । आर्मीले प्रयोग गर्ने यो कलरमा पहेँलो कलरको हाइलाइट प्रयोग गरिएको छ । सेतो कलरको मोटरसाइकलमा भने ओरेन्ज, व्ल्याक र ग्रे हाइलाइट प्रयोग भएको छ ।

मेकानिकल परिमार्जन भने यसमा गरिएको छैन । १४९.१ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले १२.९१ पीएस पावर र १२.४३ एनएम टर्क प्रदान गर्छ ।

‘सेमी डबल काडील फ्रेम’मा बनेको मोटरसाइकलमा अगाडि ३७ एमएमको इन्भर्टेड र पछाडि प्रोलिङक मोनोशक सस्पेन्स दिएको छ । मोटरसाइकलमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।


Back_to_top