चांगनका ५ आधुनिक कार नेपाल आउने, यस्ता छन् मोडल

काठमाडौं । चांगनको नेपालको लागि आधिकारीक विक्रेता एमएडब्लू लाइफले दुई वर्ष भित्र विभिन्न ५ मोडलको विक्री सुरु गर्ने जनाएको छ । कम्पनीको पहिलो कार आल्सभिन सेडान कार भने नेपाल आइपुगेसँगै कम्पनीले थप मोडल ल्याउने बताएको हो ।

कम्पनीले नेपाल ल्याएको सेडान कार निकै लग्जरी, आरामदायी र उच्च पावर क्षमताको भएको कम्पनीको दावी छ । यसमा १.४ लिटर ब्लू कोर इन्जिन दिइएको छ ।

आल्सभिनपछि कम्पनीले लाइफस्टाइल पीकअप, हन्टर ल्याउने छ । यसलाई पनि सन् २०२१ भित्रै नेपाल ल्याउने कम्पनीले जनाएको छ । उच्च शक्ति र उत्कृष्ट बनोट रहेको हन्टरमा २३० एमएमको उच्च ग्राउन्ड क्लीयरेन्स पाउन सकिन्छ ।

एमएडब्लू वृद्धिले सन् २०२२ वर्षको सुरुवातमा लक्जरी एसयूभी ओशान एक्स-७ ल्याउने जनाएको छ । उत्कृष्ट सुविधा र विलासी फिचर एक्स-७ को बलियो पक्ष हो । त्यसपछि कम्प्याक्ट एसयूभी सीएस ३५ प्लस नेपाल आउने छ ।

त्यसपछि कम्पनीले आफ्नो प्रोडक्ट लाइनअप कै सबैभन्दा ठूलो एसयूभी यूनि-टी नेपाल ल्याउने छ । यूनि-टी गाडीमा प्रयोगकर्ताले भविष्यको डिजाइन र अद्भुत अनुभूति पाउने कम्पनीको दावी छ । यूनि-टी लेभल ३ बराबरको एआई टेक्नोलोजी प्रयोग भएको एसयूभी हो ।

यसरी एमएडब्लू वृद्धिले सन् २०२२ को अन्त्यसम्ममा विभिन्न ५ मोडल नेपाल ल्याउने जनाएको छ ।


Back_to_top