बजाज पल्सर २५० सिरिजका दूई मोटरसाइकल सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बजाज अटोले दूई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बहुप्रक्षित पल्सर २५० सिरिजमा दूई मोटरसाइकल सार्वजनिक गरेको हो ।

बजाज पल्सर २५० यस अघि धेरै पटक परिक्षणमा देखिएको थियो । कम्पनीले बजाज पल्सर ब्रान्ड नेममा बजाज पल्सर एफ २५० र बजाज पल्सर एन२५० सार्वजनिक गरेको हो । बजाज पल्सर २५० सिरिज राजीब बजाजले सार्वजनिक गरेको हुन् ।

बजाज पल्सर एफ २५० सेमी फियर्ड डिजाइनमा रहेको छ भने बजाज पल्सर एन २५० नेकेड स्पोर्टस डिजाइनमा रहेको छ । कम्पनीले बजाज एफ २५० रेसिङ रेड र एन २५० लाई टेक्नो ग्रे कलरमा सार्वजनिक गरेको हो ।

यी मोटरसाइकलमा २५० सीसी सिंगल सिलिन्डर आयल कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २४. ५ पीएस पावर तथा २१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

बजाजको बहुप्रतिक्षित मोटरसाइकल पल्सर एफ २५० को मूल्य १ लाख ४० हजार र एन २५० को १ लाख ३८ हजार भारतीय मूल्य (एक्स सोरुम देल्ली) तोकेको छ ।

 


Back_to_top