काठमाडौं । सुजुकी इन्डियाले केही दिनअघि भारतमा सार्वजनिक गरेको स्कुटर नेपाल आउने भएको छ । सुजुकी एभिनिसलाई आधिकारीक वितरक सुजुकी भिजीले जनवरीमा नेपाल ल्याउने तयारी गरेको हो ।
बढ्दो स्कुटरको बजारलाई ध्यानमा राख्दै सुजुकीले १२५ सीसी क्षमताको स्पोर्टी स्कुटर एभिनिस केही दिन अघि भारतमा विक्री सुरु गरेको थियो । विशेषत होन्डा ग्राजिया र टीभीएस एनटर्क १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेगरी एभिनिसलाई सुजुकीले बजारमा उतारेको हो ।
‘जनवरीमा नेपालमा विक्री सुरु गर्ने तयारीमा छौं । त्यसको लागि प्यारेन्ट कम्पनीसँग कुरा भइरहेको छ’, सुजुकी भिजी स्रोतले मेरोअटोसँग भन्यो ।
सुजुकीले निकै आकर्षक लुक्समा ल्याएको यो स्कुटरमा रियरमा ट्वीन ट्रयाङग्लर एलइडी टेलल्याम्प दिएको छ । जुन झट्ट हेर्दा टीभीएस एनटर्क १२५ सँग मिल्दो देखिन्छ । यसका अलावा यसमा स्प्लीट ग्रयावरेल, सानो वीन्ड स्क्रीन, सार्प फ्रन्ट लुक, एलइडी इन्डिकेटर, डिजिटल क्लस्टर जस्ता फिचर यसमा समावेस गरिएको छ ।
ब्लुटुथ कनेक्ट फिचर तथा अल एलइडी हेडल्याम्प, फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट पाउन सकिन्छ ।
यसमा सुजुकी वर्गम्यानमा प्रयोग भएको इन्जिन उपलब्ध छ । उक्त १२४ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिनले ८.७ बीएच पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

