यूनिक डिजाइन, सानो साइज र अफरोड क्षमताले चिनिएको सुजुकी जिम्नी (मूल्यसहित)

मोडिफाइड तस्विर

काठमाडौं । नेपालको अधिकांश बाटो कच्ची, धुले र रफटप रहेका छन् । त्यहि कारण घुम्न जान आफुसँग सवारी साधन भएर पनि अर्को बैकल्पीक गाडीको खोजी गर्नु पर्ने अवस्था धेरैले भोग्दै आएका छन् ।

थुप्रै गाडी निर्माताले सानो साइजमा अफरोड क्षमता भएका एसयूभी निर्माण गर्दै आएका छन् । महिन्द्राले नयाँ जेनेरेशन थार बनाएको दुई वर्ष वितिसकेको भएपनि अहिलेसम्म नेपाल ल्याउन सकेको छैन । त्यस्तै फोर्सको गुर्खा पनि नेपाल आएको छैन ।

नेपालीहरुले धेरै जसो आन्तरिकरुपमा घुम्न निस्कने अपरमुस्ताङ, रारा, लाङ्टाङ राष्ट्रिय निकुञ्ज पूर्व र पश्चिमका पहाडी जिल्लाहरुमा साना कार जान सक्ने अवस्था छैन । यी र यस्ता क्षेत्रमा सजिलै लान र जान सकिने अफरोड एसयूभी सुजुकी जिम्नी नेपालमा विक्री सुरु भएको केही महिना भएको छ ।

सुजुकीको चर्चित एसयूभी जिम्नीलाई आधिकारीक वितरक सिजी मोटोकर्पले दुई भेरियन्टमा उपलब्ध गराएको छ । जिम्नीको साइज र डिजाइन पृथक भएकै कारण विश्वभर यसको माग अत्यन्त राम्रो रहेको छ ।

यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । ३७७ लिटर लगेज स्पेश, ठूलो लेगरुम, २२५० एमएमको ह्वीलवेश उपलब्ध जिम्नीको इन्टेरियर पनि उत्कृष्ट रहेको छ ।

यसमा वाइप-डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, एन्टी-स्क्राच प्लास्टिक बम्पर, क्लाइमेट कन्ट्रोल नभ, आकर्षक तथा कम्फर्टेवल सिट, ह्वील आर्क-स्पार्टजस्ता फिचर दिइएको छ ।

चालकको सुरक्षालाई ध्यानमा राख्दै यसमा एयरब्याग, एबीएस, इबीडी, डिस्क ब्रेक, ब्रेक एसिस्ट जस्ता फिचर दिइएको छ । यसका साथै १५ इन्च अलोय ह्वील, एलइडी हेडलाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल कार प्ले सपोर्ट लगायतका विशेषता पाउन सकिन्छ ।

जिम्नीमा १.५ लिटर फोर सिलिन्डर इन्जिन दिइएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो एसयूभी म्यानूयल र अटोमेटिक दुबै ट्रान्समिशनमा उपलब्ध रहेको छ । यसको मूल्य पनि केही महंगो रहेको छ । जिम्नी जिएलएक्स म्यानुयलको मूल्य ७४ लाख ९९ हजार र जिएलएक्स अटोमेटीकको मूल्य ७९ लाख ९९ हजार तोकेर विक्री हुँदै आएको छ ।

चाँडै भारतमा जिम्नीको विक्री सुरु हुँदैछ । भारतमा नै उत्पादन भएर नेपाल आउने भएसँगै यसको मूल्य पनि केही कम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top